arrow

मैले सभापति देउवाबाटै सिकेको (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
gagan-deuba-sikai.JPG

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्ने कुरा सिकेको बताएका छन् । संसद भवनबाट बाहिर निस्किएर महामन्त्री थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्ने बताए । 

महामन्त्री थापाले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको बताए। 

उनले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एक पटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ