- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन्। शुक्रबार नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरूसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए । उनले अहिले पार्टीका नाम जुन कुनै राखे पनि सबै पार्टीहरू प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताए ।