arrow

आलु खेतीमा अज्ञात रोगका कारण कञ्चनपुर कृषक मर्कामा

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
aalu.jpg.jpeg
 
ईश्वर दत्त बडू। कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–बेल्डाँडी नगरपालिका क्षेत्रमा आलु खेतीमा अज्ञात रोग देखा परेको छ । असोज तेस्रो साता देखि लगाएको आलु मंसिर दोस्रो साता देखि आलु सुक्न थालेको कृषकहरुले बताएका छन् । आयोजनाले उक्त क्षेत्रका कृषकहरुलाई अनुदानमा आलुको बिउ वितरण गरेको थियो । अधिकाँस कृषकहरुको आलुखेती सुकेको छ ।यस क्षेत्रका कृषकहरुले व्यवसायिक र घरयासी प्रयोजनका लागि आलुखेती गरेपनि सबैको आलु सुकेको कृषकहरुले बताएका छन् । आयोजनाले कृषकहरुलाई तालिम, प्राविधिक ज्ञान र अनुदानमा बिउ, औषधी उपलब्ध गराएपनि आलु सुकेपछि कृषकहरु दोहोरो खेतीबाट बञ्चित भएका छन् । जमिन माथीको हरियो बिरुवा सुकेको छ, भने दाना पनि लागेको छैन् । एकिकृत जल स्रोत व्यवस्थापन आयोजनाले जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर मार्फत अनुदानमा वितरण गरेको आलुखेतीमा अज्ञात रोग लागेको हो । 
 
बेल्डाँडी नगरपालिका १ झर्नासागरकी कृषक कलावती जोशीले व्यवसायिक रुपमा गरेको पुरै आलु सुकेको छ । जोशीलाई आयोजनाले अनुदानमा दिएको अढाई क्विन्टल आलुको बिउ खेती पुरै सुकेको हो । उनले चार कट्टा जमिनमा लगाएको आलु सुकेपछि लगानी खेर गएको भन्दै चिन्तित भएका छन् ।व्यवसाय गर्न यस वर्ष आलु खेती गरे, गहुँ र धानखेती खेर गयो ।’, उनले भने ‘यस वर्षको दुवै खेती खेर गयो ।’यस्तै बेलौरी नगरपालिका १२ का रुपसिह थापाको पनि आलुखेती सुकेको छ । उनले दुई कट्टा जमिनमा लगाएको आलु सुकेको छ । आलुमा दाना नलाग्दै आलु सुकेको छ । आलुमा रोग लाग्ने बेला औषधी हालेपनि रोग लागेको उनको भनाई छ । ‘विगतमा बजारबाट ल्याएको बिउ राम्रोसंग फल्थ्यो, तर अनुदानको बिउ पलाउने बेला सुक्यो ।’, उनले भने ‘यस वर्ष आफ्नो लगानी खेर गयो ।’ जोशी, थापा जस्तै यहाँका अनुदानमा बिउ पाएर आलुखेती गरेका कृषकहरुको आलुखेती सुकेपछि विचल्लीमा परेका छन् ।उनीहरुले सरकारी अनुदानमा पाएको बिउ नै सुकेपछि आफुहरुलाई सरकारबाटै घोका भएको गुनासो गरेका छन् ।
 
जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले आलुका डढुवा रोग लागेको हुनसक्ने बताउनुभयो ।कृषकहरुलाई प्राविधिक तालिम दिएपनि कहिकतै कृषकहरुको कमजोरीका कारण पनि आलुखेतीमा सुक्ने रोग लागेको हुनसक्ने थापाले बताउनुभयो । उहाँका अनुसार मौसमका कारण पनि आलुखेतीमा संसारभर रोग लाग्छ ।कृषकहरुको प्राविधिक कमजोरी र मौसमका कारण रोग लागेको बरिष्ठ कृषि विकास अधिकृत थापाले बताउनुभयो । पिबिएसका लागि समेत सो क्षेत्रमा आलु खेती गरिएको छ ।  कृषि विकास कार्यालय मार्फत उक्त ग्रामिण क्षेत्रमा ५ हेक्टर जमिनमा आलुखेती गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ