arrow

नेपालले भने- ओलीले राष्ट्रपतिको प्रस्ताव राखेनन् [भिडियो]

शेरबहादुरले भन्थे- धोकेबाज हुन् उनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
makuney.jpg

काठमाडौं । एमाले अध्यक्ष  केपी शर्मा ओलीले आफूलाई  राष्ट्रपतिको प्रस्ताव नराखेको एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले खुलासा गरेका छन् । पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले  यस्तो बताएका हुन् । 

उनले भने, ‘ केपी ओलीलाई जब राष्ट्रपति पद पाउनेका लागि मतलब लागेको थियो, मसँग भेट्न खोजे । तर मलाई प्रस्ताव राखेनन् । अहिले के भन्छन्–मैले प्रस्ताव राखेको थिए । तर उनले राखेकै थिएनन् । प्रस्ताव राखेर पनि म मान्थे वा मान्दिन थिएँ । त्यो आफ्नो ठाउँमा छ । प्रस्ताव नै राखेको होइन । प्रस्तावलाई मैले स्वीकार गरेको भए शेरबहादुर कहाँ खबर जान्थ्यो । माधव नेपालले धोका दिँदै छन् । धोकेबाज हुन उनी । पदको निम्ति मरिहत्ते गर्छन् भनिदिन्थे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दै उनले पार्टीलाई बिजोग बनाएर आफूले भने राष्ट्रपति बन्न त्यतिखेर नचाहेको समेत बताए । 'अब त्यसमा पनि रामचन्द्रजीलाई कि राष्ट्रपति कि प्रधानमन्त्री हुनुपर्ने । प्रधानमन्त्री हुन शेरबहादुरसँग लडाई चलिराख्या छ । शेरबहादुरजीले बचन दिइसक्नुभएको छ रामचन्द्रजीलाई । म राष्ट्रपतिमा साँच्चै इच्छुक थिइन ।' उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ