arrow

(अपडेट) पाकिस्तान आतंकवादी आक्रमणमा कम्तीमा ५९ प्रहरीको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
pakistan-attack-2.jpeg
क्वेटा । पाकिस्तानको बलुचिस्तान  प्रान्तको क्वेटा सहरमा रहेको प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमलामा कम्तीमा ५९ सरक्षाकर्मी मारिएका छन् । मृतकको संख्या यो भन्दा निकै भएको शंकासमेत गरिएको छ ।
 
राति १० बजे आतंकवादीले हमला गरेका थिए । ६ आतंकवादीले पाँच वटा विष्फोट गराएको बताइएको छ । तीमध्ये एक जनाले आत्मघाती ज्याकेटसमेत लगाएको पीडित प्रहरीले बताएका छन् ।
 
हमलामा तीन आतंककारी पनि मारिएको पाकिस्तान प्रहरीले जनाएको छ । घटनामा सय बढी प्रहरी घाइते भएका छन् । आक्रमणको समयमा झण्डै ५०० प्रहरी रहेका थिए । दुई सय ५० जनालाई सकुशल उद्दार गरिएको बलुचिस्तानका गृहमन्त्रीले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ