arrow

वीपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
deuba-sere.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताएका छन् । आइतबार संस्थापक नेता वीपी कोइरालाको ११० औँ जन्म जयन्तीमा उनलाई स्मरण गर्दै उनले वीपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरू हिँडिरहेको बताएका हुन् । उनले आजको युवा पुस्तालाई पनि वीपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि वीपीको विचारमा आकर्षित मात्रै नभई अनुकरण पनि गर्दै आएको दाबी गरे । उनले आफ्नो राजनीतिक प्रेरणाको स्रोत वीपी नै रहेको बताए । उनले आज नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढेको बताए 

। उनले समयको अन्तरालसँगै आज मुलुक पनि वीपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको गुनासो गरे । सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्म अनुसार अभ्यास गर्न नपाएको बताए । 

उनले नागरिकका कैयौँ अभाव, समस्या, असन्तुष्टि र समाजमा देखिएका विभेद विसङ्गतिलाई वीपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिन सक्छ भन्ने दृढ विश्वास हुँदाहुँदै पनि उनको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त बहस र छलफल गराउन नसक्नु आफूहरूको कमजोरी रहेको बताए । 

सभापति देउवाले वीपी राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ