डिशहोमद्वारा १२ महिनाको इन्टरनेट रिचार्जमा दुई वर्षे सेवा
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
1.5k
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपाल-भारत एसियन गेम्स् क्रिकेटको अवसरमा डिशहोम फाइबरनेटले एक दिने अफर सार्वजनिक गरेको छ। असोज १५ गते १२ बजे देखी असोज १६ गते १२ बजे सम्म डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्ने ग्राहकहरूले २ वर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने कम्पनीले जनाएको छ।
चीनमा जारी एसियन गेम्स्को क्रिकेट खेलमा क्वाटर फाइनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदै छ। सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरूलाई यो अफर प्रदान गरेको हो।
सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाइबर नेटले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय इन्टरनेट सेवालाई प्रदान गर्दै आइरहेको छ।