arrow

बागमती सौन्दर्यीकरण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
bagmati-river-side (12).jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । धार्मिक विशेषता रहेको बागमती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ ।  नदीलाई सफा बनाउन निरन्तर रूपमा बागमती सरसफाइको अभियान सञ्चालन भइरहेको छ । 

नदी पूर्ण रूपमा सफा हुुन नसके पनि सौन्दर्यीकरण अन्तर्गत बागमती नदीको दायाँ बायाँ करिडोरसहित बागमतीलाई सुन्दर र मनमोहक सौन्दर्य थपेको छ । 

उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण बागमती सभ्यताको पहिचान गर्ने उद्देश्य बोकेको अधिकार सम्पन्न एकीकृत विकास समितिले बागमती करिडोरमा पार्क निर्माणलाई जोड दिँदै आएको छ । 

गोकर्णेश्वर नगरपालिका क्षेत्र हुँदै बग्ने बागमती नदी कोरिडोर सफा र हराभरा भएसँगै बिहान र साँझको समयमा शारीरिक व्यायाम गर्नेहरुको बाक्लो उपस्थिति हुन थालेको छ । त्यसैगरी अत्तरखेल र माकलबारीतिर बागमती नदीको किनारमा हरेक साँझ सानोतिनो मेला नै लाग्छ । 
 
सिनामंगलदेखि उत्तर गोकर्णसम्मको करिडोर स्वच्छ र सफा भएका कारण हिजोआज साँझतिर मेला नै लाग्ने गर्दछ । 

यो ठाउँमा नदी किनार सुन्दर छ । फोहर र दुगन्र्धबाट मुक्त भएर बागमती बग्ने गरेको छ । 

बढ्दो गर्मी र दिनभरको घर, कार्यालयको व्यस्ततामा टहल्ने ठाउँको रुपमा नदी किनार परिणत भएको छ । 

गोकर्ण क्षेत्रका नदी किनारमा विश्राम स्थल, किरियापुत्री घरसमेत बनेको छ । 

नेपाल सरकार शहरी विकास मन्त्रालय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको कामले सो क्षेत्रमा बागमती सफा बग्न पाएको छ ।  

समितिले निजी क्षेत्रसहितको सहभागीता नदी किनारमा ३१ वटा हरियाली प्रवर्धन तथा उद्यानहरु निर्माण गर्नुको साथै सरकार र एसियाली विकास बैंकको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यीकरणको काम भइरहेको छ ।  

नदी वरपर फुटपाथ, साइकल लेन, शौचालय, विश्रामस्थल आदि बनेका छन् । 

यस उदाहरणीय कामले शहरको स्वरूप बदलिएको छ । आयोजनाले सिनामंगल उत्तर गोकर्णसम्मको ७.५ किलोमिटर नदीको दुवै किनार सिंगारेको छ । 

थापाथली पुलदेखि बल्खुसम्मको क्षेत्रमा पनि यस्तै सिंगारपटार भएको छ । (नेपाल फोटो लाइब्रेरी)


 

bagmati-river-side (1).jpg
bagmati-river-side (2).jpg
bagmati-river-side (3).jpg
bagmati-river-side (4).jpg
bagmati-river-side (5).jpg
bagmati-river-side (6).jpg
bagmati-river-side (7).jpg
bagmati-river-side (8).jpg
bagmati-river-side (9).jpg
bagmati-river-side (10).jpg
bagmati-river-side (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ