arrow

ओलीले देउवालाई सम्झेपछि झस्के अरू दल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
oli-call-deuba.jpg

काठमाडौँ । डडेलधुरा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । 

डडेलधुरा पुगेका ओलीले देउवालाई आफू बसेको स्थानबाट फोन गरेका हुन् । 

ओली बिहीबार राति डडेलधुरा बजार भन्दा तल बसेका थिए । 

उनले डडेलधुराको गन्यापधुरा छेउमा पुगेर फोन गरेका हुन् ।

उनले देउवालाई तपाईँको जिल्लामा आएर सम्झिएको भनेका छन् । 

देउवाले पनि ओलीलाई डडेलधुरामा स्वागत छ भनेका छन् । 

अहिले ओली र रास्वपाका सभापति रवि लामिछानेले मध्यावधि निर्वाचनमा जानुपर्छ भन्दै सार्वजनिक रूपमा टिप्पणी गर्दै आइरहेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने दुबई भ्रमणबाट फर्किएपछि मन्त्री फेर्ने तयारीमा छन् । 

यता कांग्रेस र एमाले मिले नयाँ सरकार गठन हुनेमा अन्य दलहरू चिन्तित छन् । 

ओलीले देउवालाई सम्झेपछि अरू दल झस्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ