arrow

संघीयतालाई सफल पार्ने कुरामा सबै एकजुट हुनुपर्छ : देउवा [भिडियो]

संघीय सरकार धाउन नपरोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
sher-bd-deuba.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयतालाई सफल पार्ने कुरामा सबै एकजुट हुनुपर्ने बताएका छन् । 

 देउवाले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए । 

सभापति देउवाले भने,' नेपाल संघीयतामा गइसकेको छ । संघीयतालाई कसरी सफल पार्ने कुरामा सबै एकजुट हुनुपर्छ ।' 

 पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिले सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरूले गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले संघीय सरकार धाउन नपरोस् भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ