arrow

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा कांग्रेसबाट आकांक्षीको लर्को

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
gandaki congress.jpg

पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि बहस र चर्चा परिचर्चा सुरु भएको छ । विशेषगरि नेपाली कांग्रेसमा यससम्बन्धी बहस तीव्र भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई मिलाएर अघि बढाउने जिम्मेवारी कांग्रेसको भएकाले कांग्रेस बढी बहस भएको हो ।

साथै राष्ट्रिय सभाको अबको अध्यक्ष को बन्ने भन्ने विषयले पनि पार्टीमा प्रवेश पाएको नेताहरूले बताएका छन् । यसमा नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीले राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने दावी गरेको छ ।

गण्डकीका ११ वटै जिल्लाबाट पहिले १६७ जनाको नाम सिफारिस गरे पनि पछि १ जना थपेर १६८ जनाको नाम सिफारिस गरेको हो ।
राष्ट्रियसभा सदस्यका लागि कांग्रेसभित्र दर्जनौँ आकांक्षी देखिएका छन् । यसका लागि पार्टीको प्रदेश समितिबाट सयौँको नाम सिफारिस भएका छन् ।

कांग्रेस कास्की जिल्लाबाट ४३ जनाको नाम सिफारिस भएको छ । कास्कीबाट अन्यमा ३१ जना, महिला १० जना र अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट २ जना गरेर ४३ जनाको नाम सिफारिस भएको हो ।

यस्तै, मनाङबाट सबैभन्दा कम दुई, बागलुङबाट २३ जना, स्याङ्जाबाट १९ जना, नवलपुरबाट १८ जना, पर्वतबाट १४ जना, गोरखाबाट १७ जना, मुस्ताङबाट ६ जना, लमजुङबाट १० जना र म्याग्दीबाट ५ जनाको नाम सिफारिस भएको नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए ।

नेपाली कांग्रेसले गण्डकीबाट सिफारिस गरेकाहरू अधिकांश पुराना नेताहरू छन् । कांग्रेसले कास्कीबाट पूर्व सांसद तथा कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, पार्टीका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व मन्त्री यज्ञबहादुर थापा, कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङलगायत छन् ।

कास्कीबाट नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि आकांक्षी देखिएका छन् । यस्तै, दुई पत्रकारहरू शिरोमणि बराल र राजबहादुर गुरुङको नाम पनि सिफारिसमा भएको छ ।

यता, स्याङ्जामा पूर्व मन्त्री तथा उपसभापति गोपालमान श्रेष्ठ, नवलपुरबाट गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि स्याङ्जाका व्यवसायी खुमा अर्याल, तनहुँका पुराना नेता रामचन्द्र पोखरेल, रघु पौडेलको नाम सिफारिसमा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ