arrow

खरले छाएको गोठमा आगलागी हुँदा दुई नाबालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
fire-final
तस्बिर – सांकेतिक ।

अछाम । अछाम मेल्लेख गाउँपालिका–३ मा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । 

जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको गोठमा बुधबार साँझ भएको आगलागीमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गोठमा बालेको आगो भित्र राखिएको खरमा सल्किएपछि खेलिरहेका बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ