arrow

नेविसंघको बैठक संस्थापन इतर पक्षबाट बहिष्कार, यस्तो छ महाधिवेशन पक्षधरको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
nc-nsu-flag.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संस्था नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेकोमा संस्थापनइतर समूहले बहिष्कार गरेको छ ।

दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ तदर्थ समितिले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा पहिलो बैठक नै विवादमा परेको हो। कांग्रेस संस्थापनइतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन् । उनीहरूले सभापति शेरबहादुर देउवाले मंगलबार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए। 

उनीहरूको आग्रहपछि देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए । तर सभापति देउवानिकट नेविसंघले केन्द्रीय समिति बैठक शुरू गराएको हो । 

बैठक उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख अतिथि रहेका थिए । 

संस्थापन इतर गगन–कोइराला पक्षधरले महाधिवेशनको प्रस्ताव गरेको छ । यस्तो छ यो पक्षधरको प्रस्ताव

महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरुको प्रस्ताव:
 नेपालको सामाजिक-राजनीतिक-रूपान्तरण र जागरणमा विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको इतिहास हामी सामु छ । यस आन्दोलनसँग जोडिएका त्याग बलिदान र सङ्घर्षका कथाहरू इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन् । इतिहासका हरेक मोडमा समय सापेक्ष राजनीतिक भूमिका निर्वाह गर्न सक्नु यसको परिचय हो । विद्यार्थी त्यो समूह हो जो सँग विचारको रचनात्मकता हुन्छ , मनमा विद्रोहको चेतना हुन्छ । बिचारको द्वन्द्व दोषाधमा हुने विद्यार्थी हरू कल्पनाशीलताको रुमानी उडानमा हुन्छन् । विद्यार्थीका यी स्वभावजन्य गुणहरू उन्नत हुनका लागी लोकतान्त्रिक परिवेशको आवश्यकता पर्छ । त्यसैले विद्यार्थी राजनीतिको लोकतान्त्रीकरण हाम्रो प्राथमिक सर्त हुनु पर्छ ।
नेपाल विद्यार्थी सङ्घ एक ऐतिहासिक सङ्गठन र एक अनवरत सङ्घर्ष संस्था हो । हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो नेपाल विद्यार्थी सङ्घ। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेन्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेन्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना वि. सं. २०२७ सालमा भएको थियो। 
समाजवाद र विद्यार्थी एकताको लागि ज्यानको बलिदान दिएको इतिहास हामी माझ छर्लङ्ग छ । नेपाल विद्यार्थी सङ्घको इतिहासको विषयमा व्याख्या र विश्लेषण गर्न खोजिएको भन्दा पनि हालको गतिविधि र यथार्थलाई मध्यनजर गरी नियाल्न आवश्यक छ  । र सबै भन्दा महत्पूर्ण कुरा आजको दिनमा सङ्घटनको गतिशीलता र अवस्था हो ।
एतिहासिक केन्द्रिय समिति वैठकमा प्रस्ताव; 
१.समितिको आजको दिन सम्मको समीक्षा
नेपाल विद्यार्थी सङ्घमा तदर्थ वाद हाबी छ जसका कारण नेविसंघले आम विद्यार्थी र शुभचिन्तक प्रति आशा जगाउन सकेको छैन। नेविसंघमा धेरै समय सम्म विधानतः हुनुपर्ने महाधिवेशन हुन सकेको छैन, जसका कारण नेविसंघका तमाम सदस्य लोकतान्त्रिक तवरबाट नेतृत्व चयन गर्नबाट वञ्चित भएका छन। यसको कारण संगठनले विगत लामो समय देखी सर्वमान्य नेतृत्व पाउन सकेको छैन। पार्टीले २०७८ फाल्गुन मा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति गरेपछि लामो समय सम्म सङ्गठनको आधिकारिक जिम्मेवारीमा एकल व्यक्ति रहने मात्र परिस्थिति बन्यो, जसका कारण सङ्गठन एकल निर्णय बाट चल्न बाध्य बन्यो। हालाकी त्यसबिचमा धरै ठाउँमा स्ववियु निर्वाचन सम्भव भयो र त्यसमा नेविसंघका प्रत्येक पक्षबाट नेतृत्वलाई सहयोग भयो। निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्दै गर्दा सङ्ख्यात्मक रूपमा सुखद नतिजा आएपनि धेरै ठाउँमा हाम्रै साथीहरूलाई समेट्न सकेनौ जसकाकारण लामो समय सम्म क्याम्पस, कलेजमा सङ्गठन धानेर बस्नुभएका साथीहरूमाथि पूर्णतः न्याय हुन सकेन। गठबन्धन तर्फबाट ठाँउठाँउमा बेइमानी भएको अवस्थामा सङ्गठन नेतृत्वले बोल्न सकेन। २०८० साउनमा नेविसंघको १२औँ महाधिवेशन गर्ने म्यान्डेट सहित अन्य ७१० केन्द्रीय सदस्य नियुक्ति गर्‍यो, त्यसमा पनि सहमति विपरीत गएर नेतृत्वले राजनीतिक बेइमानी प्रदर्शन गर्‍यो। त्यसपश्चात् पनि सङ्गठनले गति लिन सकेको छैन, सङ्गठनमा नेतृत्व एकल निर्णय, कृपावाद नै हाबी छ। नेविसंघको ब्यानरमा भएका तमाम कार्यक्रममा सामूहिक अपनत्व लिन सक्ने अवस्था बनेको छैन। नेविसंघ केन्द्रीय समिति नेतृत्वको सीमित घेरा भन्दा बाहिर आउन सकेको छैन। सङ्गठनका गतिविधि हेर्दै सन्तुष्ट हुन सक्ने ठाउँ कतै छैन बरु नेविसंघ केन्द्रीय सदस्य देखी विभिन्न तहका  तमामसाथीहरुमा असन्तुष्टि व्याप्त बनेको छ।
महाधिवेशनको म्यान्डेट पाएर आएको केन्द्रीय समिति महाधिवेशन उन्मुख बन्न सकेको छैन। केन्द्रीय समिति आएको ८ महिना सम्म पनि पहिलो बैठक राख्ने निर्णय हुने कुराले यस बारेमा धेरै कुरा बताउँछ।
 
पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकले स्पष्ट निर्देशन दियो, ‘सम्बन्धित जिल्लाको जिल्ला सभापतिको सिफारिसमा नेविसंघ जिल्ला अध्यक्ष नियुक्त गर्ने।’ यसमा पनि नेविसंघ अध्यक्षबाट राजनीतिक बेइमानी र विधि विधान विपरीत जाने काम भयो। चिठी आतङ्कका मार्फत काठमाडौँ, धादिङ, सुनसरी, दोलखा,  मकवानपुर, बारा, नवलपरासी (वर्दाघाट सुस्ता पश्चिम) लगायतका जिल्लामा पार्टीका जिल्ला सभापतिको सिफारिस विपरीत नेविसंघको जिल्ला अध्यक्ष तोकिएको छ। यस प्रक्रियामा नेविसंघ अध्यक्षको कृपावाद हाबी हुदैँ गर्दा नेविसंघमा लामो समय देखी काम गर्दै आएका, एक किसिमले नेविसंघको आधारको रूपमा काम गरेका तमाम साथीहरूलाई अन्याय भएको छ। त्यस्तै अवस्था बिभिन्न कलेज, क्याम्पसमा इकाई गठनमा पनि देखिएको छ। नेतृत्वका यस्ता गतिविधिले नेविसंघ सीमित घेरामा सीमित हुनुका साथै, नेतृत्वले नेविसंघलाई एकताबद्ध रूपमा भन्दा पनि समूह र गुटगत रूपमा चलाई रहेको प्रस्ट देखिन्छ। 
विद्यार्थी राजनीतिलाई प्रतिपक्षको राजनीति भन्ने गरिन्छ। तर यस मामला पनि नेविसंघ को केन्द्रीय नेतृत्व चुकेको अवस्था छ। आफ्नै पार्टी र सरकारका कुशासन उन्मुख गतिविधिको विरोध हुनुपर्थ्यो, प्रतिकार हुनुपर्थ्यो त्यसमा नेतृत्व पटक-पटक चुक्यो। भ्रष्टाचार र सुशासनका आन्दोलनहरूमा मौन रहँदै गर्दा सङ्गठनको औचित्य माथि पनि धेरै तवरबाट प्रश्नहरू उठेका छन्।
कार्यक्रमका शीलशालीमा पनि नेविसंघ लामो समय सम्म कार्यक्रमविहीन अवस्थाबाट गुज्रियो। संग्ठन चलायमान बनाउन लाग्नुपर्ने तमाम साथीहरु भुमिका बिहिन रहने अवस्था थियो। यो खालिपनमा नेविसंघ केन्द्रीय सदस्य साथीहरुको नेतृत्मा विद्यार्थी राजनितिको औचित्य पुस्टाउने केही कार्यक्रम भए। ऐनसेल काण्ड विरुद्द खबरदारी गर्ने कार्यक्रम हुन या माईतिघर माथि लाएको निषेधाज्ञा हटउनु पर्ने माग राख्दै गर्दा भएका अभियानहरु हुन, यस्ता गतिविधिले निविसंगलाई केही समय चलायमान बनायो। त्रिभुवन बिश्वबिधालयको उपकिलपति खुल्ला प्रतिष्पर्धाबाट नियुक्त हुनुपर्ने तथा उच्च शीक्षामा दलियकरणको अन्त्य गर्नुपर्ने माग राख्दै भएका प्रधानमन्त्रीलाइ पत्र अभियान जस्ता कार्यक्रम संचालन भए। जसमा देश भरबाट १५००० भन्दा बढी नेविसंघ तथा अन्य विधार्थीहरु सहभागी भए। यस अभियान तथा अन्य दबाबमुलक गतिबिधीका कारण केही हदसम्म त्रिभुवन विश्वबिधालयमा इतिहासम पहिलोपटन खूल्ला प्रतिष्पर्धामार्फत उपकुलपति नियुक्ति हुने अवस्था बनेको छ। तर यिनि जायज माग समित गरेका गतिविधिको नेविसंगको केन्द्रि नेतृ्तवले अपनत्व लिएको छैन। बरु यसको बिपरित समिति गुट र समूह सिर्जना गरेर त्यसैमा रुमलिएको छ, नेविसंघको नेतृत्व।
नेतृत्वले आफ्नो समूह भन्दा बाहिर गएर विद्यार्थीको हक हितमा काम नगरेको कुरा ईनजिनियरिङ अध्ययन संस्थान (आइओएम) मा भएको शुल्क वृद्धि विरुद्धको सत्याग्रहमा पनि देखियो। जुन किसिमले सत्याग्रही माथि केन्द्रीय समितिका अध्यक्षबाट दुर्व्यवहार हुने अवस्था बन्यो, त्यो अत्यन्त निन्दनीय छ। विभिन्न ठाउँमा हाम्रा नेविसंघ का साथीहरू माथि भएका आक्रमण र ज्यादती विरुद्ध भने अधिकांश ठाउँमा भने आफ्नै साथीहरू लाई सुरक्षा र संरक्षण दिनबाट चुक्यो नेतृत्व। यी सबै गतिविधिको अन्तर्यमा नेतृत्वको स्वेच्छाकारिता, सम न्याय प्रतिको उदासीनता देखिन्छ। त्यस कारण आज नेविसंघको आजको अस्तव्यस्तता, तमाम साथीहरू माथि भएको अन्याय छाएको नैराश्ययताको कारण अहिलेको नेविसंघको नेतृत्व प्रमुख कारण हो।
२.विद्यार्थीराजनीतिको लोकतान्त्रीकरण
विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरूको नेतृत्व गरेको नेपाल विद्यार्थी सङ्घ तथा समग्र विद्यार्थी राजनीतिको औचित्य र सान्दर्भिकता माथीनै आज विभिन्न कोणहरूबाट प्रश्न उठिरहेको छ । कति प्रश्नहरू जायज पनि छन् र हामीले आत्म समीक्षा गर्दै विगतका उपलब्धिहरू प्रति अपनत्व लिँदै वर्तमान कमीकमजोरीहरू सुधार्न इमानदार प्रयत्नहरू गर्न आवश्यक छ ।
विद्यार्थी राजनीतिको पुन जागरण र रूपान्तरण नै अबको आवश्यकता हो । ६२/६ पछि का कुनै पनि राष्ट्रिय मुद्दा र आन्दोलनहरुमा आफ्नो भाष्य निर्माण गर्न सकेनौ । विद्यार्थी राजनीतिको पुन जागरण र रूपान्तरण को लागी विद्यार्थी राजनीतिको लोकतान्त्रीकरण एक मात्र कडी हो । विद्यार्थी राजनीतिको लोकतान्त्रिकरणको लागि हामीले केही दृढ समकल्प गर्नै पर्छ त्यसैले हामी सङ्कल्प गर्छौ:
१.शैक्षिक क्षेत्र शान्ति क्षेत्र हुन र अब देखी शैक्षिक क्षेत्रमा कुनै पनि सार्वजनिक  सम्पत्ति तोडफोड गर्दैनौ , तालाबन्दी गर्दैनौ र विद्यार्थीको अध्ययन प्रभावित गर्ने कुनै पनि गतिविधि लाई प्रशय र मान्य दिँदैनौ ।
२.विद्यालय तहमा नेपाल विद्यार्थी सङ्घको संघठन निर्माण गर्दैनौ ।
३.प्रत्यक तहको नेतृत्व चयनमा विधानतः अधिवेशन बाट मात्रै गर्ने छौ । आफू खुसी र आफू अनुकूल चिठ्ठी दिँदैनौ ।
  विद्यार्थी राजनीतिको लोकतान्त्रीकरण यी सङ्कल्पहरूलाई सार्थकता प्रदान गर्न हामीलाई स्पष्ट कार्यदिशाको आवश्यकता पर्दछ । यसका लागी विभिन्न आयामहरूमा हाम्रो छलफल हुन आवश्यक छ ।
 विद्यार्थी राजनीतिको लोकतान्त्रीकरण आयामहरुः
१.विद्यार्थी राजनीतिको मेरुदण्ड स्ववियु निर्वाचनको सुनिश्चितता
२.विधानको अक्षरशः परिपालनः बिधि सम्मत संघठन सञ्चालन र व्यवस्थापन
३.निर्णयमा अपनत्व: प्रक्रियामा सहभागिता , पहुँच र प्रतिनिधित्व
४.नेतृत्वको जिम्मेवारी वहन सँगै जबाफदेहिता र पारदर्शिता
५.संघठन भित्र समावेशिता: पहिचान , लैङ्गिकता र सामुदायिकताका आधारमा प्रतिनिधित्व 
 
३.ऐतिहासिक केन्द्रीय समिति बैठकको नियत
    वर्तमान नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिले पूर्णता पाएको यती धेरै समय भइसक्दा पनि एउटा पनि बैठक हुन नसक्नु गरिमामय सङ्घटनको आन्तरिक लोकतान्त्रिकको विडम्बनाको हो । यो बिचमा संघठन भित्र तमाम घटना , विवाद र परिस्थिति हरू सिर्जना भए । यो परिस्थितिमा संघठन भित्रका भएका प्राय गतिविधि र निर्णय हरूमा सीमित घेरा बाहेक संघठनमा आबद्ध तमाम साथीहरूको अपनत्व र प्रतिनिधित्व हुन पाएको छैन । अहिले आएर केन्द्रीय समितिले राखेको २०८० फागुन १५ गतेको पहिलो बैठक र दर्जन भन्दा बढी छलफलका विषयहरू हेर्दा बैठक औपचारिकतामा मात्रै सीमित हुने प्रस्ट छ ।
पहिलो बैठकमा प्रत्येक केन्द्रीय सदस्यहरू ले आफ्नो कुरा राख्न पाउनु पर्छ त्यसको लागी एक दिनको बैठक र छलफल गरिने विषयहरू अवैज्ञानिक र अव्यवहारिक छ । त्यसैले प्रत्येक केन्द्रीय सदस्यहरूले धारणा राख्न कम्तीमा पनि बैठक तिन दिन सम्मको हुनु पर्छ र पहिलो बैठक भएकाले छलफलका विषयहरू सीमित मुख्य विषयहरूमा मात्रै केन्द्रित हुनु पर्छ । तब मात्रै बैठकको नियतमा आम सदस्यहरू विश्वस्त हुनेछन् ।
साथै एउटा बैठक राखेर मिति घोषणा गर्दैमा महाधिवेशन का लागी आधारहरू पर्याप्त हुँदैन त्यसका लागि कार्य सम्पादन , विभाग र समितिहरूले पूर्णता पाउनु पर्छ । माहाधिवेशन पूर्व पर्याप्त आन्तरिक छलफल , बैठक र समन्वय हुनु पर्छ । यो पटक पनि मिति घोषणा गरेर मात्रै नेबिसंघ को महाधिवेशनको टार्ने कुरा भएमा सङ्घटनको औचित्य र सान्दर्भिकता हामीले गुमाउने छौ ।
४.माहाधिवेशनको आधार  र विधान संशोधन
   लामो समय देखी नेपाल विद्यार्थी संघ तदर्थ वादमा सीमित हुनुले पार्टी र विद्यार्थी आन्दोलन नै कमजोर र अलोकप्रिय हुँदै गएको छ । यसले गर्दा विद्यार्थी राजनितिमा जोडिन खोज्ने विद्यार्थीहारु नैरास्यता छाएको छ । विद्यार्थी राजनिति गर्न नेता मुखी र नेताहरुकै पोल्टमा विवेक र सिदान्त बन्धकि राख्न पर्ने अवस्था हामि सबै माझ सर्ब बिधितै छ । क्यामपसमा राजनिति गरिरहेको विद्यार्थीहरु अहोरात्र संघन निर्माण र विद्यार्थीका मुद्दा मा केन्द्रित रहेर काम गर्दे गर्दै गर्दा पनी सदस्यता समेत नपाएको तितो यथार्थ बारे हामि अबगत नै छौ । विध्यर्थि राजनिति गर्ने प्।रत्यकलाई संघन निर्माण र विद्यार्थीको हकहितमा लाग्दै गर्दा समान अवसर , न्यायोचित प्रतिनिधित्व र अर्थपुर्ण सहभआगिता सुनिश्चित गर्न सक्ने एकमात्रै माध्यम भनेको आवधिक अधिवेशन हो । आवधिक अधिवेशनले मात्रै विध्यार्थि राजनितिको सान्दर्भिकता , गतिशिलता र समान अवसर पाउने सुनिश्चितता गर्न सक्छ । तसर्थ नेबिसंघको आवधिक  अधिवेशन नै विध्यार्थि राजनितिलाई वैचारिक र सांघठनिक गतिशिलता प्रदान गर्ने प्रमुख आधार हो ।
आवधिक अधिवेशनका लागिः
१) पार्टीको केन्द्रीय कार्य समिति बैठकले निर्णय गरे बमोजिम २०८१ असार १५ भित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मा पार्टीको केन्द्रीय निर्वाचन समितिलाई दिऊँ ।
२) नेबिसंघको व्यवस्थित सदस्यता वितरणको लागी “सदस्यता वितरण कार्यविधी” बनाउने ।
३) नेबिसंघको सातौ सङशोधित विधान अनुरु अधिवेशन अव्यवहारिक रहेको ले , विधान संशोधन मस्यौदा समिति तत्काल घठन गर्ने र यसमा नेपाली काग्रेस पार्टिको तर्फ बाट एक जान केन्दरिय प्रतिनिधिको नेतृत्वमा कार्यदल गठन गरि विधान मस्यौदा तयार पारी नेपालि कांग्रेस केन्द्रिय कार्य समितिबाट अनुमोदित गराउने ।
४) नेपाल बिध्यार्थि संघको  आवधिक निर्वाचन सुनिश्चितताका लागी पार्टीको विधानमै वाद्यकारी व्यवस्था अवलम्बन गरौँ ।

 ५.विद्यार्थी राजनितिको अबको बाटो
नेपालमा विभिन्न कालखण्डमा भएको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा विद्यार्थीशक्तिले निर्वाह गरेको भूमिका अतुलनीय छ, विगतको पृष्ठभूमिकाले नै विद्यार्थीराजनीतिको औचित्यलाई सिद्ध तुल्याउँदछ। एक सय चार वर्षे राणाशासन, पञ्चायती व्यवस्था र त्यसपछिको शाही शासनका बेला विद्यार्थी शक्ति र विद्यार्थीराजनीति  परिवर्तनको संवाहक रहेको सम्पूर्णमा अवगत नै छ।
राजनीतिक परिवर्तनमा भूमिका खेल्ने विद्यार्थी शक्ति र विद्यार्थीराजनीतिले आजको परिवर्तित अवस्थामा शैक्षिक क्षेत्रमा आवश्यक परिवर्तन र सुधारका लागि प्रभावकारी भूमिका खेल्न नसक्नु विडम्बना हो। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको सन्दर्भमा विद्यार्थी राजनीतिले, उन्नत लोकतान्त्रिक व्यवस्थाको संसथागत उन्मुख गतिविधिमा मात्रै सिमित नभई, शैक्षिक मुद्दालाई प्रमुख प्राथमिकता र केन्द्रमा राखी संचालित र संचारित हुनुपर्ने भएता पनि वर्गीय मुद्धाबाट विमुख हुनु दुर्भाग्यपूर्ण हो, विद्यार्थीराजनीतिको असक्षमता र अकर्मण्यता हो।
गौरवशाली इतिहासको जगमा उभिएको विद्यार्थी आन्दोलनले समयअनुरूप आफ्नो भूमिकालाई परिष्कृत गर्दै लैजान नसक्दा यतिबेला चर्को आलोचना खेप्नुपरेको छ । शिक्षा सबैका लागि आधारभूत कुरा हो । हुनेखाने वर्ग वा हुँदा खाने वर्ग सबैले शिक्षाको समान अवसर पाउनुपर्छ । शिक्षाको गुणस्तरदेखि सर्वसुलभ अवसर र पहुँच नपुगेको लगायतका दर्जनौं मुद्दा छन्, जसलाई विद्यार्थी आन्दोलनले आफ्नो उपल्लो एजेन्डा बनाउन सक्नु पथ्र्यो । तर, दल र नेताका राजनीतिक स्वार्थमा लागेर विद्यार्थी आन्दोलन र विद्यार्थीराजनीतिले बाटो बिराउँदै गएको छ। यस समस्याको मूल स्रोत मुल पार्टी र भातृत्वता ग्रहण गर्दै आएको विद्यार्थीसंगठनको सम्बन्धमा आधारित छ। विद्यार्थीसंगठन र मुल पार्टी बीचको सम्बन्धलाई रेखाङ्कित गर्नु आवश्यक छ। वैचारिकरुपमा मुल पार्टीद्वारा संचारित हुने, तर सांगठानिक गतिविधि र कार्यसम्पादनमा विद्यार्थीसंगठनलाई पूर्ण स्वयतता प्रदान गरेको खण्डमा मात्र विद्यार्थीसंगठन कृतिम यान्त्रिक मानसिकताबाट माथी उठ्न सक्दछ। सांगठानिक आधारमा विद्यार्थीसंगठनले स्वयतता प्राप्त गरेको अवस्थामा मात्र विद्दार्थी राजनीतिले पृथकता हासिल गर्दछ। तब मात्र स्वतन्त्र, सबल, सक्षम र सम्मानित विद्यार्थीराजनीतिले मुर्तरुप र आकार प्राप्त गर्नेछ।  
वर्तमान परिप्रेक्षमा विद्यार्थी राजनीतिले विद्यार्थीवर्ग तथा युवा पुस्ताको आकर्षण गुमाउँदै गएको छ। विद्यार्थीराजनीतिले सकारात्मक प्राभाव पार्नु पर्ने “थेमाटिक इन्टरसेक्सन” का घटकहरुमा विद्यार्थीराजनीतिप्रति उदाउँदो अनाकर्षणले विद्यार्थी राजनीतिको कर्ममाथि नै प्रश्न चिन्ह खडा गरेको छ। विद्यार्थीराजनीतिमा रहेको अल्पसंख्यक “पुश फ्याक्टर्स” हरु विद्यार्थीराजनीतिको बहुसंख्यक “पुल फ्याक्टर्स” माथि हावी रहँदा, सक्रिय युवापुस्ता र समाज विद्यार्थीराजनीतिप्रति निरुत्साहित हुँदै गएका छन् । माउ पार्टीले विद्यार्थी संगठनलाई कार्यकर्ताको भीड जम्मा गर्ने संग्रहालय  र आफ्नो अनुकूलतामा विरोधी शक्तिविरुद्ध प्रयोग गर्ने प्रवृत्ति बढेकाले निराशा बढेको देख्न सकिन्छ। यस परिपाटीलाई बदल्न आवश्यक छ। माउ पार्टीको यान्त्रिकताको विस्थापन, नवीनतम सुसंस्कार तथा लोकतान्त्रिक परिपाटीयुक्त नेतृत्व गुणहरुका सिकाइ थलोका रुपमा विद्यार्थी राजनीतिको प्रतिस्थापन गरेको खण्डमा विद्यार्थी राजनीतिको पुनःजागारण हुनेछ।
सकारात्मक संस्कार विकास गर्न सके त्यसले मुलुककै लागि असल र सफल नेतृत्व निर्माण गर्न सक्छ । विधिले संस्कारको निर्माण गर्छ । जब विधि र संस्कार कमजोर हुन्छ तब राजनीतिक मूल्य र मान्यता कमजोर हुन्छ । जब राजनीतिक मूल्य र मान्यता कमजोर हुन्छ, त्यसको असर सबै तहमा पर्छ । अन्ततः यसको असर जनताले भोग्नुपर्छ । विद्यार्थी राजनीतिमा हुर्कंदो गलत संस्कार भविष्यको राजनीतिलाई प्रभाव पार्ने भएकैले आज चिन्ता गर्नुपर्ने परिदृश्य निर्माण भएको छ । त्यसकारण अबको विद्धार्थी राजनीतिको बाटो सुसंस्कृत संस्कारको निर्माण उन्मुख हुनुपर्दछ। अबको विद्यार्थीराजनीतिको बाटो विद्यार्थीका वर्गीय मुद्दालाई उच्च प्राथमिकता साथ उठाउनका निमित्त “प्रोएक्टिभ” हुनुपर्दछ। अबको विद्धार्थी राजनीतिको बाटो  विद्यार्थी राजनीतिप्रतिको घट्दो साख विश्वासमा बदलिनका निमित हुनुपर्दछ ।
१.अबको बाटो “ह्युमन क्यापिटल ओरिएन्टेड” शैक्षिक संस्थान तथा दायराको निर्माण:
नेपालको उच्च शिक्षा पद्धतिबारे बारम्बार प्रश्न उठ्ने गरेको छ। प्रश्न उठे पनि अनुत्तरित त छन् नै, उत्तर खोजीको प्रयाससम्म पनि हुने गरेको छैन, जुन विडम्बनाको विषय हो। ऐतिहासिक प्रक्रियागत रुपमा नेपाली प्राज्ञिक तथा शैक्षिक उद्विकासलाई निरपेक्ष रूपमा हेर्दा लोभलाग्दो नै छ। तर भूमण्डलीकरणको गतिशिलता र त्यस गतिको आधारमा नेपाली उच्च शिक्षालाई पर्गेल्ने हो पछौटपनले ग्रस्त नेपाली उच्च शिक्षा प्रणालीले विश्वव्यापी प्रतिस्पर्धा गर्न अझै थुप्रै मेहनत गर्नुपर्नेछ, ठूलो लगानी गर्नुपर्नेछ। उच्च शिक्षाको ऐतिहासिक गतिशिलताका आधारमा नवीनतम रुपमा नेपाली उच्च शिक्षालाई परिष्कृत गर्नु अपरिहार्य भइसकेको छ।
विभिन्न प्रावधानहरूका विविधता, डेलिभरिका नवीन आयामहरू, विद्यार्थी वर्गमा उदाउँदो विषमता, बढ्दो अन्तर्राष्ट्रियकरणको दबाब र अनुसन्धान तथा इन्नोभेसनले ज्ञान तथा सिकाइको उत्पादनलाई प्रेरित गरेको छ। तर अझै पनि हाम्रा शैक्षिक ऎन तथा नीतिहरुले वर्तमान र भविष्यका आवश्यकताहरुलाई निर्क्यौल गर्नु नसक्नुले आगामी दिनमा निर्माण हुने मानवीय पुंजी “ह्युमन क्यापिटल” प्रतिको हलुका गाम्भीर्यतालाई इंकित गर्दछ। तसर्थ: अबको विद्यार्थीराजनीतिको बाटो मुलुकलाई आवश्यक पर्ने “ह्युमन क्यापिटल” को निर्माण गर्ने शैक्षिक प्लेटफर्मउन्मुख हुन आवश्यक छ। विद्यार्थीराजनीतिको पुर्नजागरण र रुपान्तरणको न्युनतम र आवश्यक आधार “ह्युमन क्यापिटल ओरिएन्टेड एडुकेशनल इन्सटिट्युसन एन्ड सिस्टम” निर्माण गर्नु हो।
 
२. अबको विद्यार्थी राजनीतिको बाटो फोर सीज्:
विद्यार्थीराजनीति समाजको गतिशीलतालाई मापन गर्ने एउटा मापक पनि हो। ‘विद्यार्थी राजनीति छ त, समाज गतिशील छ’ वा ‘समाज गतिशील छ त, विद्यार्थी राजनीति छ’ । “इनोभेसन” ले डोर्याएको वर्तमान समाजलाई सुरक्षित अवतरण गराउनका निमित फोर सीज् (क्रिटिकल थिङ्किङ, क्रिएटिभ थिङ्किङ, कम्युनिकेटिङ र कोलाबोरेटिङ) सक्त आवश्यता छ। 

अबको विद्यार्थीराजनीति बाटोको राजमार्ग क्रिटिकल थिङ्किङ, क्रिएटिभ थिङ्किङ, कम्युनिकेटिङ र कोलाबोरेटिङको चम्किलो चमकले रंगिएको हुनु आवश्यक छ। तब मात्र विद्यार्थीराजनीतिको पुनजागरण र रुपान्तरण सम्भव हुनेछ।
 
३.अबको विद्यार्थीसंगठन, सुस्पस्ट  मिसन भएको संगठन:
विद्यार्थीसंगठनको मुख्य धेयेय “विधार्थीको वर्गीय” मुद्धामा केन्द्रित अभियानमार्फत विद्यार्थीवर्गको हितको निमित कार्य-गतिविधि गर्नु हो। तर मुख्य धेयेयको न त स्पस्ट खाका नै छ, न त स्पस्ट मिसन नै छ। विद्धार्थी संगठनमा आबद्ध हुनु भनेको निश्चित आवश्यता र आकांक्षाको परिपूर्ति गर्नु संग पर्याय छ, विद्धार्थी संगठन यसका निमित एक माध्यम। यो व्याप्त अवधारणालाई बदल्नुपर्नेछ, संगठन पन्कतिलाई पुन: अभिमुखीकरण गर्नुपर्ने छ। अबको विद्धार्थी राजनीतिको पुनाजागारण र रुपान्तरणको अपरिहार्य तत्व हो स्पस्ट मिसन, सो मिसनसंग बाँधिएको संगठन, प्रत्येक सदस्य उक्त मिसनका लागि प्रतिवद्ध भएर आफूलाई संगठनको वृहत विद्यार्थी वर्गको हितकारी लक्ष्यसंग जोडिएको संगठन बनाउने बिजय ढुंगानाले बताए।
जय नेपाल



नयाँ