arrow

देउवामाथि मन्त्री किराँतीको भद्दा टिप्पणी- सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
kirati-mantri.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित अमर्यादित (भद्दा) टिप्पणी गरेका छन् ।  बिहीबार वायुसेवा सञ्चालक सङ्घ, नेपालको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा सात पटकसम्म प्रधानमन्त्री हुने कुरा चिनामै लेखिसकेको भन्दै अमर्यादित टिप्पणी गरेका हुन् । 

सार्वजनिक कार्यक्रममै मन्त्रीले पूर्व प्रधानमन्त्री लक्षित भद्दा टिप्पणी गर्नु आफैँमा अशोभनीय हो । तर नेपाली राजनीति वृत्तमा यस प्रकारका घटनाक्रमलाई सामान्य रूपमा लिने गरिन्छ । कार्यक्रममा बोल्दै मन्त्री किराँतीले वायुसेवा सञ्चालक सङ्घ, नेपालमा क्याप्टेन रामेश्वर थापाले चार पटकसम्म सङ्घको नेतृत्व गरेको प्रसङ्ग निकाल्दै नेपालमा सबै पदहरू लामै खाने चलन रहेको टिप्पणी गरे । 

नेपालमा मन्त्री पनि लामो समयसम्म भइरहन पाए हुने र प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो भन्दै आफ्नो धारणा राखे । पछिल्लो वाक्यमा केही वाक्यांश मिलाएर मन्त्री किराँतीले कतिपय स्थानमा आवश्यकता र बाध्यताले पनि हुनसक्ने बताए । उनले वायुसेवा सञ्चालक सङ्घ, नेपालमा सर्वसम्मतिले नेतृत्व चयन भएको भन्दै उनले पद छोड्नेले सानो मन गर्न नहुने समेत बताए । उनले पुनः देउवाप्रति लक्षित गर्दै सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो नभएको भन्दै भद्दा टिप्पणी गरे ।

उनले भन्नुभयो, ‘चार पटक रामेश्वर सरले सञ्चालन गर्नुभएछ । यसको जन्मकलादेखि अहिलेसम्म २३ वर्ष भएछ । २३ वर्षको अवधिमा । हुन तः नेपालमा सबै पदहरू लामै खाने चलन छ । हाम्रो देशमा मन्त्री पनि लामै खान पाए हुन्थ्यो, प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो । तर यो आवश्यकता र बाध्यताले पनि हुनसक्छ । तर सौहार्दपूर्ण ढङ्गले जसरी आफ्नो दायित्व हस्तान्तरण गर्नुभएको छ, यो संस्थाको संरक्षक भएर मार्ग निर्देशन गर्दै बस्नुहुनेछ । पद छोड्नेले सानो मन गर्नु पर्दैन । त्यागेर पनि ठुलो भइन्छ भन्ने कुरा संसारमा देखिएको छ । गौतमबद्धले दरबार त्यागेर ठुलो हुनुभएको हो । नेशनल मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठुलो हुनुभएको हो । आज पनि अमर हुनुहुन्छ । तर यहाँ सात पटक प्रधानमन्त्री भइसक्यो । अत्तोपत्तो छैन । महात्मा गान्धी पनि त राष्ट्रपति,प्रधानमन्त्री हुनुभएन । त्यस कारण पद मात्रै ठुलो कुरा होइन । जीवनमा गरेका योगदान मुख्य कुरा हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ