arrow

माधव नेपाल निवासमा ओली [भिडियो]

सरकारमा सहभागी हुने नहुने निर्णय गर्दै एकीकृत समाजवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
oli-madhav-niwas.jpg

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निवास पुगे । 

मंगलबार साँझ सरकार समीकरणका कारण ओली नेपाल निवास पुगेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरे । 

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्य लाभको कामना गर्न आएको बताए ।  उनले छलफल सकारात्मक भएको बताए । 

बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरूले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताए । 

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गरेको बताउँदै यस विषयमा आफूहरूले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिए ।

आज बस्ने एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी हुने नहुने निर्णय गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ