arrow

टेलर्समा आगलागी, अनुसन्धान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
fire-teller.jpg

राजविराज । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ । 

आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित रु ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले राससलाई जानकारी दिए । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । 

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ