देशको मौसम एकाएक बिग्रियो, दुई प्रदेशमा रातिदेखि वर्षा, काठमाडौँमा सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार गएरातिदेखि कोशी र मधेसका विभिन्न स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार रातिदेखि कोशी र मधेसका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो । यो क्रम चलिरहेको छ ।
दिउँसो कोशी र मधेससँगै बागमती प्रदेशमा पनि वर्षा हुनेछ । उच्च हिमाली भेगमा हिमपातसमेत हुनेछ । काठमाडौँ उपत्यकाको मौसम पनि बिग्रिएको छ । बिहानैदेखि बादल लागिरहेको छ । काठामडौँको दिनभरको मौसम बिग्रने मौसमविद् झाले बताए ।
उनका अनुसार काठमाडौँमा पनि छिटफुट वर्षा हुनेछ । काठमाडौँमा आज घाम लाग्ने छैन । अन्य प्रदेशमा पनि बदली भइरहेको छ ।