arrow

आगलागीमा तीन गोठ ध्वस्त, सात चौपाया जले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
fire-rautahat-80-12-26.jpg

रौतहट । भारतीय सीमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकास्थित गएराति भएको आगलागीबाट तीन घर गोठ जलेर नष्ट भएको छ।

आगलागीमा परेर घर गोठभित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागीबाट १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

गएराति ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। 

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटी गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । आगलागीबाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो।

आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भैँसी १, पाडा १ र बाख्रा( १ जलेर मरेको छ । त्यस्तै  साईकल थान ३, मोबाइल २, पंखा १ र गोठ घर पूर्ण रुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ।

त्यस्तै आगलागीबाट कृष्ण मिश्राको भैँसीको पाडी( १, बाख्रा १ र माउ २ जली मरेको छ । अन्नपात, ल्यापटप १, पंखा १, ग्यास चुलो( १, नगद रु ६० हजार ,गोठ घर पूर्ण रुपमा जली नष्ट भएको छ।

त्यसैगरी उदय मिश्राको साइकल १, दाउरा र गोठ घर पूर्ण रुपमा जली आगलागीमा मानवीय क्षति नभए पनि तीनैजनाको गरेर १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।

आगलागी लगत्तै घटनास्थल पुगेका ईशनाथ नगरपालिकाका पूर्व मेयर सन्तोषकुमार मेहताले गाउँले र प्रहरीको प्रयासले ठूलो क्षति हुनबाट जोगिएको बताएका छन् । उनले पीडित परिवारको सहयोगको लागि स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराएका छन् ।



लोकप्रिय समाचार
नयाँ