श्रीमान्को बेखवरले नागरिकता पाउनबाट बन्चित
स्याङ्जा । मुलुक प्रजातन्त्र देखि लोकतान्त्रिक अवस्थाले फड्को मारेको छ । नेपाली जनताले आफ्नो कानुन आफै बनाउनु पर्छ भनेर गरेको आन्दोलनले मुलुकमा सबैको अधिकार सुनिश्चित भएको संविधान जारी पनि भएको छ । सबै अधिकार सुनिश्चित भएको संविधान आएपनि अझै पनि केही नागरिकहरु नागरिकताबाट बन्चित हुदै आएका छन् । त्यस्तै कथा बनेको छ स्याङ्जाको वालिङमा ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ६ की जमुना वि.क. यतिवेला नागरिकता र बच्चाको जन्म दर्ता गरिदिन वालिङ नगरपालिका र इलाका प्रशासन कार्यालय धाउन थालेको ८ महिना हुन थालेको छ । २०५१ सालमा वालिङ ६ का स्थानीय तोपबहादुर वि.क. सगँ बैवाहिक जिवनमा बाधिएकी जमुनाले २०७३ साल सम्म आइपुग्दा न नागरिकता पाएकी छन् न त दुई छोरीको जन्मदर्ता नै गर्न पाएकी छन् । २०६२ सालबाटबाट श्रीमान् बेखवर भएपछि अहिले सम्म उनको विवाहदर्ता देखि नागरिकता, छोरीको जन्मदर्ता गर्नबाट बन्चित भएकी छन् ।
२०६१ साल सम्म श्रीमान् श्रीमतिको राम्रो सम्वन्ध भएपनि ०६२ सालबाट श्रीमान बेखवर छन् । श्रीमान आउने बाटो कुर्दाकुदै अहिले ११ बर्ष पुगेको छ । तर श्रीमानको कुनै अत्तोपत्तो पाएकी छैनन् । श्रीमान बेखवर भएपछि जेठी छोरीको समेत विवाह गरेर नातीनातीना समेत पाएकी जमुना नेपाली नागरिक हुनबाट बन्चित छन् । माइती तिरका बुवाआमा समेत गुमाइसकेकी जमुनाले श्रीमान र श्रीमति विचको विवाह दर्ता पछि मात्रै नेपाली नागरिकता पाउने छिन् । तर श्रीमान र श्रीमति विचको विवाह दर्ता नभएका कारण नागरिकता र दुई छोरीको जन्म दर्ता समेत हुन पाएको छैन ।
लामो समय श्रीमानको बाटो कुरेर बसेकी जमुनाले अव श्रीमान् आउने कुनै सुइको नपाएपछि नागरिकताका लागि २०७३ साल बैशाख बाट वालिङ नगरपालिका धाइरहेकी छन् । तत्कालिन नगर प्रमुख सुरथ पोखरेलले विशेष वडा मुजुल्काको आधारमा सिफारीस गरिदिएपनि नागरिकतामा सनाखत गर्ने पारिवारिक व्याक्ति नभएकाले इलाका प्रशासन कार्यालय वालिङले समेत नागरिकता दिन नमिल्ने बताएपछि अहिले उनी अलपत्र अवस्थामा परेकी छन् ।
प्रशासनले नागरिकता नदिएर नागरिक हुन बाट बन्चित बनाएका होइनौ इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले भने,“जमुनाका श्रीमान्का अन्य परिवार र समाज टोल छिमेकमा मुजुल्का सहित गोप्य सर्जमिन गर्दा वर्तमान पति कायम हुन कठिन देखिएकाले समस्या आयो ।” उनी नेपाली नागरिक हुन उनले नागरिकता पाउनुपर्छ भन्ने प्रशासनको पनि भनाई छ तोपबहादुर सगँको नाता प्रमाणित नभएकाले हामीले अदालतबाट नाता प्रमाणित गरेर ल्याउन भनेका छौ शर्माले थपे अदालतबाट नाता प्रमाणित भएपछि उनले नागरिकता पाउनेछीन् ।
जमुनालाई अहिले आफ्नो नागरिकता भन्दा पनि दुई छोरीको जन्मदर्ता कै चिन्ता रहेको बताउछीन् । कान्छी छोरी कक्षा ७ पास गरेर अहिले कक्षा ८ मा अध्ययनरत छिन् । विद्यालयले छोरीको भर्नाका लागि जन्मदर्ता मागेपछि उनलाई पछिल्लो समय छोरीको जन्मदर्ता मात्रै गराउन पाएपनि हुने थियो भन्ने मै छन् जमुना ।
उनको घरमा जेठाजु भएपनि जेठाजुले नागरिकतामा सनाखत गर्न नमानेकै कारण उनको नागरिकता बन्न नसकेको उनका माइती पक्षका समाजसेवी पोतप्रसाद लम्साल बताउछन् । हामीले पटक पटक प्रशासन र नगरपालिकामा आग्रह गर्यौ समाजसेवी लम्सालले भने,“हरेक मधेसी जनताले नागरिकता पाउने तर मध्य पहाडकी एउटी दलित महिलाले कसरी नागरिकता नपाउने हो ।” नागरिकता नपाउदा र दुई छोरीको जन्मदर्ता गर्न नपाउदा यो परिवारको सबै हक अधिकारबाट बन्चित गर्न राज्यले पाइदैन समाजसेवी लम्सालले भने ।
नागरिकता लिनका लागि छोरीको हकमा माइतीपक्षमा कोही नभए वैवाहिक महिलाले श्रीमान श्रीमतिको विवाह दर्ता हुनुपर्ने ऐनमा उल्लेख गरेको छ । तर श्रीमान नै नभए श्रीमानका अन्य परिवारले सनाखत गरिदिएमा पनि नागरिकता लिन पाउने व्यवस्था रहेपनि जमुनाका अन्य परिवारका सदस्यले सनाखत नगरिदिदा नागरिकता प्राप्त गर्न सकिनन् । दैनिक ज्यालदारीमा आफ्नो गुजारा चलाउदै आएकी जमुना ७ बर्षदेखि माइत बस्दै आएकी छन् । मेरो बोल्ने मान्छे र आफन्त नभएर नै होला मैले न्याय पाउन नसकेको भन्दै जमुनाले गुनासो पोखेकी छन् ।