arrow

निर्यात घट्यो, बैशाखमा एक खर्ब ३५ अर्बको मालसामान आयात

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
department-of-customs-भन्सार विभाग.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गत बैशाख महिनामा एक खर्ब ३५ अर्ब रुपैयाँ बराबरको मालसामान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार २०८१ सालको पहिलो महिनामा यसअघिका ९ महिनाको तुलनामा आयात बढेको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा भने आयातमा सामान्य गिरावट आएको देखिएको छ ।

विभागका अनुसार बैशाख महिनासम्म १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । चैत महिनासम्म ११ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको वस्तुको आयात भएको थियो । यो मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँ बराबर हो । यो महिना समेतको आयातले कुल आयात ४.६५ प्रतिशत बढी हो । 

त्यस्तै यो आयात अघिल्लो वर्षको भन्दा २.३९ प्रतिशत कम हो । अघिल्लो वर्षको १० महिनामा १३ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको थियो । 

यो वर्षको दशौँ महिनामा आयातमा सुधार हुँदा निर्यात भने घटेको छ । चैत महिनासम्म मासिक औसत १२ अर्ब ६६ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएकोमा बैशाख महिनामा १२ अर्ब २२ करोड रुपैयाँ मात्रै निर्यात भएको तथ्यांक छ । 

अघिल्लो वर्षको आधारमा पनि १० महिनाको आयात ३.६१ प्रतिशतले घटेको हो । 

यो व्यापारसँगै बैशाख महिनासम्मको व्यापार घाटा ११ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ जुन २.२६ प्रतिशत कम हो । अघिल्लो वर्ष बैशाखसम्म १२ खर्ब ४ अर्बको वस्तु आयात भएको थियो । 

यो अवधिमा देशले १ सय ६८ देशसँग व्यापार गरेको छ । त्यसमध्ये १ सय ३३ देशसँग व्यापार नोक्सानमा हुँदा बाँकी ३५ देशसँगको व्यापार नाफामा रहेको विभागले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ