arrow

दुई वर्ष ओली र बाँकी कार्यकाल देउवाले सरकारको नेतृत्व गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
devendra-dahal.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् । मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमतिका आधारमा बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे । उनले कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको पनि बताए । उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिलेर सरकार बनाएको बताए । 

उनले भने – ‘मान्छेहरूको आकाङ्क्षा बढेको देखेको छु । मान्छेहरूमा केही आशावादिता पलाएको देखेको छु । त्यो कोही प्रधानमन्त्री वा मन्त्री भएर मात्रै पनि होइन होला । अब अलिकति स्थायित्व आउने भयो भनेर सबै क्षेत्रमा उत्साह आएको छ । शङ्काको सुविधा हामीले सबैलाई दिनुपर्छ । यो अन्तिम हो किनभने दुई वटा ठूला दल मिलेर सरकार बनेको छ । अब यहाँभन्दा हुने त केही छैन । ५÷७ वटा दलहरू मिलेर सरकार बन्दाखेरी कहिले सरकार ढल्ने हो ? त्यही भई पनि राखेको छ । कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने । यो भएपछि अब हामीले एउटा प्रतिबद्धता गरौँ भनेर दुई वटा ठुला दलहरू र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन । अघिल्लो दुई वर्ष नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ । यो खुल्ला छ । त्यसले गर्दा स्थायित्व यसले खोजेकै हो । यसलाई सफल बनाउने हो । अब यसलाई असफल हुने छुट छैन । सफल बनाउनुपर्छ ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ