arrow

ओलीसँग सहमति गराउने रामेश्वर थापाको देउवाले गरे प्रशंसा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
deuba-05-15.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए । क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे । 

उनले भने – ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो । मैले त्यसै रूपमा लिएको छु । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठूलो मद्दत गर्नुभएको छ । यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहन्छु ।’

उनले क्याप्टेन थापालाई प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ