arrow
ADVERTISEMENT

लुम्बिनीको ३१ औँ बैठक बस्दै, यस्तो छ कार्यसूची

logo
नारायण वली,
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
92bba92c-b239-4423-927f-dd6c4da884a8.jfif

लुम्बिनी। लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३१ औँ बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने, यस्तै मुख्यमन्त्री आचार्यले ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश भई निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । 

अघिल्लो प्रदेश मन्त्रिपरिषद बैठकले निजामी सेवा ऐन २०८० लाई संशोधन प्रस्ताव स्वीकृत गरेको थियो । बिहीबार चौथो अधिवेशनको ३० औँ बैठकमा मुख्यमन्त्री आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दै सोही बैठकमा स्थानीय सेवाको गठन सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो । 

हिजोको बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापती दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभामा पेश गरेकी थिइन् । भदौ ६ गते बसेको प्रदेश सभाको २७ औँ बैठकले प्रतिवेदनसहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । प्रदेश सभामा गत बैशाख ३० गते दर्ता भएको विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ