arrow

महिला अपहरण र बेपत्ता पारेको आरोप लागेका वनमन्त्री कुर्मीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
badsaha-kurmi.jpg
तस्बिर – फाइल ।

बुटवल । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए ।

कुर्मीले मंगलबार राजीनामा दिएका हुन् । कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ ।

मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौँमा आन्दोलन भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ