arrow

अल्पसंख्यक समुदायमाथि अत्याचार बन्द गर्न आग्रह

logo
नारायण वली,
प्रकाशित २०८१ भदौ २ आइतबार
manab e.jpg

लुम्बिनी । झन्डै एक महिना लामो सरकारविरुद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले पद त्याग गर्दै देश छाडेपछि देखिँदै आएको त्यहाँको मानव अधिकार उल्लङ्घनका घटना, सद्भाव बिथोल्ने जस्ता अराजक स्थितीलाई शान्तिमा परिणत गर्नुपर्न मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा ध्यानाकर्षणसहित आग्रह गरेको छ ।

बङ्गलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा बढी समय शासन गर्ने प्रधानमन्त्रीको छवि बनाएकी हसिना अन्ततः जनताकै अस्वीकृतिका कारण पद त्यागेर अहिले भारतको आश्रयमा बस्दै आएकी छिन् ।

दिनानुदिन बिग्रिदै गएको स्थितीलाई शान्तिमा परिणत गरी लोकतन्त्रको पुर्नबहाली गर्न र बङ्गलादेशमा अल्पसंख्यकहरुको सुरक्षा, शान्ति र सद्भाव कायम गर्दै बंगलादेशलाई स्वतन्त्र विरोधी कट्टरपन्थीहरुको क्रीडास्थल नबनाउन कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । 

मानव अधिकार उल्लङ्घनका घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर, अल्पसंख्यक समुदायमाथि अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर र स्वतन्त्र निष्पक्ष निर्वाचन मार्फत लोकतन्त्रको रक्षा गर लेखिएका प्लेकार्ड बोकेर पुष्पलाल चोकमा प्रदर्शन गरिएको थियो ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै समाजका सभापति कृष्ण भट्टराईले बङ्गलादेशमा देखिएको हिंसात्मक घटनाको अन्त्य, मानवअधिकारको सुनिश्चितता हुनुपर्ने र शेख हसिनाको सुरक्षाको प्रवन्धलाई मजबुत बनाउनुपर्ने बताए । 

समाजका केन्द्रीय सल्लाहकार गोविन्द खनालले बंगलादेशका जनताहरुले लोकतान्त्रिक शासनसत्ता नभएरै होला नरुचाएर  लोकतन्त्रको पद्धतिलाई लोकतन्त्रको भावना अनुसार कार्यान्वयन गर्दै शासनसत्ता चलाउनु पर्ने जनाए ।

उनले भारतमा बस्दै आएकि बंगलादेशकि प्रधानमन्त्री शेख हसिनालाई मानवअधिकारको हक अनुसार संरक्षण हुनुपर्ने अल्पसंख्यक हिन्दुहरुको रक्षा र सामाजिक सद्भावलाई कायम राख्न त्यहाँको प्रशासन विशेष चासो दिनुपर्नेमा जोड दिनुपर्ने बताउँदै अहिले त्यहाँको स्थिति निकै गम्भीर बन्दै गएकाले शान्ति सुरक्षामा ध्यान दिनुपर्छे । 

नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेल शेख हसिनाको गल्ति के थियो ? भन्ने प्रश्न गर्दै जसले त्यहाँको मुद्रालाई बढाएर समृद्धतिर लगेको नदेखेर एउटा २६ वर्षको युवाले सरकारनै पल्टाईदिने गरी उद्धण्ड मच्चाएको दाबी गरे ।

म हरेक दिन बंगलादेशका सम्बन्धित निकायका साथिहरुसंग सम्पर्कमा छु, सामाजिक सञ्जालमा त्यहाँ जे देखाईएको छ, त्यहाँ त्यो छैन । धार्मिक सहिष्णुता भट्काउन थालिएको छ ।

जुन देशमा सनातन हिन्दू र मुस्लिम समुदायबीच वर्षाैंदेखि मिलेर बस्दै आएका छन् । धार्मिक द्धन्द्धमा लैजान खोजिएकोप्रति दुःख व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजले त्यसप्रति सचेत गराउँदै आएको बताएका थिए । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ