गोकुल बास्कोटाको टिप्पणी : चितवनमा पाँच वर्षमा तीन वटा चुनाव हुने भो !
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
2.4k
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचन हुने टिप्पणी गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच वर्षमा तीन वटा निर्वाचन हुने बताएका हुन्।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्- ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ। ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि भएको उपनिर्वाचनमा पनि शानदार जित हासिल गरेका थिए।