arrow

‘शून्य होम डेलिभरी’ अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
machhpuchhre-gaunpalika-kaski.jpg

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहित गर्दै पालिकालाई ‘शून्य होम डेलिभरी’ घोषणालाई अघि बढाएको छ ।

गर्भवतीको स्वास्थ्यमा हुन सक्ने जोखिमलाई न्यून गर्न घरमै हुने सुत्केरीलाई शून्यमा झार्ने गरी नौ वटै वडामा गर्भवतीका लागि अभिमुखीकरण तथा सचेतना कार्यक्रम सुरुआत गरिएको छ ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरीको आकर्षण बढाउनका लागि ‘सुत्केरी चूल्हो’ लगायतका विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताइन् ।

उनले भनिन्, “पालिकालाई शून्य होम डेलिभरी पालिका घोषणाका लागि तयारी सुरु गरिसकेका छौँ,  सबै वडामा गर्भवतीको सङ्ख्या दर्ता गरेर उपाध्यक्षसँग गर्भवती सुरक्षालगायतका बारेमा जानकारी दिइरहेका छौँ, सुत्केरीका लागि अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्दछ भन्ने सन्देश प्रवाह गरेका छौँ ।”

गर्भवती सुरक्षा, पोषण, आमा र शिशुको स्वास्थ्य तथा गर्भावस्थामा देखा पर्ने खतराका चिन्ह,यस्को व्यवस्थापन, सुत्केरी पोषण, सुत्केरी चुलो, सुत्केरीलाई यातायात सुविधा, पालिकामा सञ्चालित बर्थिङ सेन्टर आदिका बारेमा सवै वडाका गर्भवती महिलालाई जानकारी गराउनका लागि अभिमुखीकरण सुरु गरिएको उनले बताइन् ।

यसैगरी गाउँपालिकाले दुई वर्षदेखि ‘सुत्केरी चूल्हो’ कार्यक्रम सञ्चालन गरेको छ । सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जानलाई प्रेरित गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दाहालले बताए ।

“सुत्केरी चूल्हो कार्यक्रमले समेत स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ, हामीले घरमै हुने सुत्केरीलाई यसैवर्षमा शून्यमा झार्ने योजनामा छौँ, सोहीअनुसार कार्यक्रम सञ्चालन गरेका छौँ”, स्वास्थ्य शाखा प्रमुख दाहालले भने ।

‘सुत्केरी चूल्हो’ कार्यक्रममा महिलाले प्रसूतिका बेला खाना, आवास, स्वास्थ्य स्याहारलगायत सुविधा पाउने गर्छन्, सुत्केरी र एक जना कुरुवाका लागि खानेकुरादेखि पकाउने भान्छा, भाँडाकुँडा र सुत्ने प्रबन्धसमेत गाउँपालिकाले मिलाएको छ ।

स्वास्थ्य शाखा प्रमुख दाहालले गाउँपालिकाले प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा आउजाउ गर्दा लाग्ने यातायात खर्चसमेत दिने गरेको छ ।

गाउँपालिकाका प्रसूति केन्द्रमा सुत्केरी हुन नसकि अन्यत्रका अस्पतालमा पठाउनुपरेमा थप यातायात खर्चसमेत दिने गरिएको दाहालले बताए ।

नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुनेका लागि रु दुई हजार उपलव्ध गराउँदै आएको छ ।

यसबाहेक गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउनेलाई यातायात खर्च सुगमका लागि रु एक हजार र दुर्गमका लागि रु दुई हजार पाँच सय तथा पोषण खर्च रु एक हजार प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ