arrow

सरकारविरुद्ध सडकमा माओवादीको हुँकार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
maoist-centre-81-7-10y-(24).jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गरेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित भृकुटीमण्डपमा पुगेर खबरदारी सभा गरेको छ । 

काठमाडौँका विभिन्न ठाउँमा भेला भएर माओवादीका नेता कार्यकर्ता भृकुटीमण्डप पुगेका थिए । 

काठमाडौँ मलमा जम्मा भएका  नेता तथा कार्यकर्ताहरू बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गरेका थिए । 

जुलुस भद्रकाली, शहीद गेट हुँदै काठमाडौँ मलमा जम्मा भई रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत भएको थियो 

माओवादीले यो प्रदर्शनलाई जनप्रदर्शन र खबरदारी सभा भनेको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा खबरदारी सभा गरेको जनाएको छ । 

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारी सभा गरेको जनाएको छ । 

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको दुई तिहाईको सरकारले अपेक्षा गरे विपरीत काम गरेको माओवादीको आरोप छ । माओवादीले सहकारी ठगीमा तानिएका रवि लामिछानेलाई गरेको पक्राउकोसमेत विरोध गरेको छ । 

सरकारको काम कारबाही र अन्य विविध काममा ढिलासुस्ती भने पनि माओवादीले यतिबेला रास्वपाका सभापति रवि लामिछानेलाई नै बचाउने ध्याउन्न राखेको बुझिन्छ । 

विश्लेषकहरुसमेत माओवादीसँग मिलेर रविले विभिन्न अपराधमा जोडिएका माओवादीका नेताहरुलाई बचाउन भूमिका खेलेकाले त्यसकै ऋण तिर्न खोजिरहेको छ । 

यसलाई सीधै भाषामा भन्नुपर्दा प्रधानमन्त्री भएका बेलामा लाखौँ नेपाली पीडित रहेको सहकारीको प्रकरणमा रविलाई क्लिन चिट दिँदै पुष्पकमल दाहाल प्रचण्डले रवि त्यस्तै मान्छे हुँदै नभएको, आफूले आन्तरिक रुपमा पनि अनुसन्धान गरेका जस्ता अन्टसन्ट जवाफ मिडियालाई दिएका थिए । 

maoist-centre-81-7-10y (1).jpg
maoist-centre-81-7-10y (2).jpg
maoist-centre-81-7-10y (3).jpg
maoist-centre-81-7-10y (4).jpg
maoist-centre-81-7-10y (5).jpg
maoist-centre-81-7-10y (6).jpg
maoist-centre-81-7-10y (7).jpg
maoist-centre-81-7-10y (8).jpg
maoist-centre-81-7-10y (9).jpg
maoist-centre-81-7-10y (10).jpg
maoist-centre-81-7-10y (11).jpg
maoist-centre-81-7-10y (12).jpg
maoist-centre-81-7-10y (13).jpg
maoist-centre-81-7-10y (14).jpg
maoist-centre-81-7-10y (15).jpg
maoist-centre-81-7-10y (16).jpg
maoist-centre-81-7-10y (17).jpg
maoist-centre-81-7-10y (18).jpg
maoist-centre-81-7-10y (19).jpg
maoist-centre-81-7-10y (20).jpg
maoist-centre-81-7-10y (21).jpg
maoist-centre-81-7-10y (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ