टोटनह्यामको शानदार जित, म्यानयुसँगको बराबरीले चेल्सीले गुमायो तेस्रो स्थानमा पुग्ने अवसर
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
642
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा डोमिनिक सोलांकेले २ गोल गरेका थिए भने ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए । त्यस्तै एस्टन भिल्लाका लागि एक गोल मोर्गन रोजर्सले गरेका थिए ।
यो जितपछि टोटनह्यामको १० खेलमा १६ अंक हासिल गरेको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै एस्टन भिल्लाको यो हारपछि १० खेलमा १८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
यता गएरातिकै खेलमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेसँगै चेल्सीले तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ । गएराति म्यानयुको मैदानमा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।
बराबरीले खेलको ७० औँ मिनेटमा ब्रुनो फर्नान्डेसले म्यानयुलाई अग्रता दिलाएका थिए भने त्यसको चार मिनेटपछि मोइसेस काइसेडोले गोल गर्दै बराबरी गरेका थिए ।
चेल्सी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा रहेको छ । दशौँ चरणको समाप्तिसम्म लिभरपुल २५ अंकसहित पहिलो, म्यानचेस्टर सिटी २३ अंकसहित दोस्रो तथा नटिंघम फरेस्ट १८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
म्यानयु भने यसपालि कमजोर देखिएको छ । म्यानयु १२ अंकसहित १३ औँ स्थानमा छ ।