हङकङ । सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ । हङकङको सर्वोच्च अदालत एलजीबीटी समुदायको पक्षमा उभिँदै यो फैसला गरेको हो ।
अदालतले समलिङ्गी जोडीहरूका लागि आवास र सम्पदाको अधिकार सुनिश्चित गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश एन्ड्रयु चेउङले मंगलबार दुईवटा निर्णयमा लेखेका छन् । पुनराबेदन अदालतले एलजीबीटी अधिकारलाई पुष्टि गर्ने पहिलेका निर्णयहरू विरुद्ध हङकङ सरकारले ल्याएको अपील सर्वसम्मतिले खारेज गरेको हो ।