arrow

सुबिधा सम्पन्न बन्दै चन्द्रनिगाहपुर अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
chandranigahapur-hospital.jpg

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर नगर अस्पतालमा पर्याप्त उपकरण प्राप्त भएपछि बिरामीको चाप बढ्न थालेको छ ।  

अस्पतालका लागि आवश्यक उपकरणहरु प्रयाप्त मात्रामा हुन थालेपछि बिरामीको चाप बढेको हो । बिरामीको रोग परीक्षणको लागि अस्पतालमा उपकरणहरु पर्याप्त मात्रामा आउन थालेपछि स्थानीय निजी अस्पताल जान छाडेर सरकारी चन्द्रनिगाहपुर अस्पतालमा आउन थालेका हुन् ।

निजी अस्पतालमा पाउने सुबिधा सरकारी अस्पतालमै न्यून रकम अर्थात् निःशुल्क पाउने भएपछि निजी अस्पताल जान छाडेको स्थानीय अर्जुन मैनालीले बताए । 

दक्ष स्वास्थ्यकर्मी र रोग परीक्षणको सम्पूर्ण समानहरु सरकारी अस्पतालमै भएपछि निजी अस्पताल जान छाडेको उनको भनाइ छ । बिमा तथा सहज र सुलभ रुपमा उपचार आजको आवश्यकता भएको अवस्थामा सो सुबिधा सरकारी अस्पतालले उपलब्ध गराएकै कारण अहिले चन्द्रनिगाहपुर अस्पतालमा बिरामीको चाप बढेको उनको धारणा छ । 

स्वास्थ्य बिमा गराएकाहरुले सम्पूर्ण किसिमको औषधी समयमै उपलब्ध गराउनुपर्ने सो अस्पतालामा उपचार गराउन आएका स्थानीय टंक देवकोटाले सुझाव दिए ।  

राज्यले उपचारको लागि जनतालाई दिने भनिएको औषधि र उपचार सरल र सहज रुपमा पाउने भएपछि स्थानीय निजी अस्पताल जानबाट रोकिनेसमेत देवकोटाले बताए ।

अस्पतालमा सम्पूर्ण किसिमका बिरामीहरुको सहज र सस्तोमा उपचार गर्ने उदेश्यले विभिन्न उपकरणहरु आइरहेको सोही अस्पतालका प्रमुख डा अभिनन्दन श्रीवास्तवले जानकारी दिए । 

मंगलबार नै स्वास्थ्य मन्त्रालयको सहयोगमा एक थान फोटो थेरापी र इसिजी मेशिन सहयोग प्राप्त भएको उनले जानकारी दिए । अति नै आवश्यक फोटो थेरापी मेशिन प्राप्त भएपछि नवजात शिशुको उपचारमा सहज हुने छ ।  

१ महिनासम्मका बच्चाहरुको उपचारको लागि फोटो थेरापी मेशिन अति जरुरी रहेको डा श्रीवास्तबले बताए । सो मेशिन नहुँदा बच्चाहरुको उपचारको लागि निजी अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेकोमा अबका दिनमा सरकारी अस्पतालमै सो सुबिधा हुने डा श्रीवास्तावले जानकारी दिए ।

उक्त सामग्री नेपाली कांग्रेसका युवा नेता मिथलेश मिश्रको पहलमा स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको थियो ।

यसैगरी करिब १ महिना अगाडी सोही अस्पतालमा ट्रमा सेन्टर संचालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्दनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर संचालनको लागि अति आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । 

एनएस थेसीया, भेन्टिलेटर, ओटी टेबल सेट, ओटी लाईट सेट, आइसियु बेडसहित सेटअफ लगायत ट्रमाको लागि चाहिने २ सय भन्दा बढी उपकरण चन्द्रनिगाहपुर अस्पतालमा सहयोग आएको डा श्रीवास्तबले जानकारी दिए ।

पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीहरुलाई राहत पुग्ने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजयकुमार काफ्लेले बताए ।  

लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब १ करोड ६० लाख मूल्यका सामग्री चन्द्रनिगाहपुर अस्पताल लाई हस्तान्तरण गरेपछि यसको कार्यविधि बनाएर सञ्चालनमा ल्याइने नगर प्रमुख काफ्लेले जानकारी दिए ।

सडक दुर्घटना, प्राकृतिक विपत्तिका कारण मानवको अकालमा ज्यान नजाओस् भन्नका लागि चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगर प्रमुख काफ्लेको भनाइ रहेको छ । 

लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले राजमार्गसंग जोडिएको चन्द्रपुरमा ट्रमा सेन्टरको आवश्यक रहेको बताउदै उनले लायन्सले विभिन्न परियोजना मार्फत शिक्षा, स्वास्थ्य डाईबिटिज रोग जस्ता क्षेत्रमा कार्य गर्दै आइरहेको जानकारी दिए । बिरामीहरुका रौतहटको चन्द्रनिगाहपुर अस्पतालको सेवा विस्तार हुने भएको छ । 

यसअघि चन्द्रनिगाहपुर अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, ओपिडी, प्रयोगशाला, एक्सरे, ड्रेसिङ्ग, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बीमा सेवा सञ्चालन गर्दै आएकोमा आगामी दिनमा ट्रमा सेन्टर सञ्चालन गर्ने भएको हो । 

अस्पतालमा सम्पूर्ण किसिमका उपकरणको ब्यवस्था भएपछि हिजो आज दैनिक साढे ३ सयदेखि ४ सय जनासम्म बिरामीहरु आउने गरेका छन् । सर्पदंशको उपचारको लागी जिल्लाभरीका बिरामीहरु चन्द्रनिगाहपुर अस्पतालमा आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ