arrow

शासकीय जिम्मेवारी लिने शीर्ष नेताहरू सङ्घीयताप्रति उदार बन्न सकेनन् - गगन थापा [भिडियो]

बाहिर जेजे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
gagan-thapa-09-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू सङ्घीयताप्रति उदार बन्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा सङ्घीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताए । 

उनले सङ्घीयताप्रति अनुदार भएर विकासका कामहरू हुन नसक्ने बताए । महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्ने कुरा नयाँ र क्षेत्रीय दलहरूले समेत भन्न नसकेको बताए । उनले सबैलाई सरकारमा बस्नका लागि शर्त नराखीकन अघि बढ्ने गरेको बताए । उनले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिने गरी सोच बनाइने गरेको बताए । 

उनले भने, ‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा । जसले जसले यो शासकीय जिम्मेवारी लिन्छौँ । हामी कोही पनि सङ्घीयताप्रति उदार छैनौँ । हामी एकदमै अनुदार छौँ । हाम्रो यसमा रुचि छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन । मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरू पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जेजे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन । सङ्घीय निजामती विधेयकमा, सङ्घीय प्रहरी विधेयकमा । निजामती विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्ने नै हुन्छौँ । सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो । सङ्घीयता नेपालमा अनवरत चल्छ । प्रदेशहरू रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौँ । तर हामी प्रदेशहरूलाई, सिङ्गो सङ्घीय व्यवस्थालाई स्थानीय सरकार पनि यो भित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउने वाला भएनौँ अब । यसलाई प्रभावकारी बनाउने भएनौँ । रिजल्ट ओरियन्टेट बनाउने भएनौँ । यसबाट परिणाम नआउने भयो । ’

महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताए । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ