काठमाडौँ । हाल देशमा पश्चिमी न्युनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही भूभागको मौसम बदली र तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागे पनि आज वर्षा र हिमपातको सम्भावना भने कतै देखिएको छैन ।