arrow

देशभर आंशिक बदली : तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही भू-भागमा हुस्सु-कुहिरो लागेको अवस्था छ । 

आज दिउँसो देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । आज राति लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ