arrow

देशभर आंशिक बदली, केही प्रदेशमा वर्षाको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ ।  आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ