arrow

रहेनन् राम मन्दिरका मुख्य पुजारी सत्येन्द्र दास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
satyendra-das-ayodhya-ram-m.jpg

काठमाडौँ । भारतको अयोध्याको रामलला मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन भएको छ । उनको ८० वर्षको उमेरमा बुधबार बिहान ७ बजे लखनउ पीजीआईमा निधन भएको हो । 

गत ३ फेब्रुअरीमा उनलाई मस्तिष्क घात भएको थियो । उनको पार्थिव शरीरलाई अयोध्या ल्याइने छ । उनको आश्रम सत्य धाम गोपाल मन्दिरमा अन्तिम दर्शनका लागि राखिने छ । 

दास ३२ वर्षदेखि राम जन्मभूमिमा मुख्य पुजारीका रुपमा सेवारत थिए । उनले ६ डिसेम्बर १९९२ मा बाबरी विध्वंशको समयमा रामललालाई काखमा लिएर भागेका थिए । 

उनको जन्म सन् १९४५ को २० मे मा सन्तकबरनगर जिल्लामा भएको थियो । उनी आफ्ना पिता अभिराम दाससँग पहिलो पटक अयोध्या आएका थिए । 

अभिराम तिनै थिए जसले राम जन्मभूमिमा सन् १९४९ को २२ र २३ डिसेम्बरमा गर्भगृहमा राम, लक्ष्मण, भरत, शत्रुघ्न र सीताको मूर्ति प्रकट भएको दाबी गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ