arrow

दोष अर्कालाई : अघिल्लो भ्रष्ट सरकारको कारण 'ग्रे लिस्ट'मा परियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
subba-10-14.jpg

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिस्टमा परेको बताएका छन् । मन्त्री गुरुङले नेपाल 'ग्रे लिस्ट'मा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए । 

अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानूनी सुधारको काम नगरेर नेपाल 'ग्रे लिस्ट'मा परेको आरोप लगाए । एपिजी (एसिया÷प्रशान्त क्षेत्रका सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले औल्याएको काम नगर्दा 'ग्रे लिस्ट'मा परेको बताए । 

अब १ वर्ष भित्र 'ग्रे लिस्ट'बाट बाहिर निस्कने गरी सुधारको काम गर्ने बताए । प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गाली गरे पनि नेपाल सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट'मा परेको नैतिक जिम्मेवारी नेतृत्वको सरकारले लिनुपर्ने बताए । 

अब 'ग्रे लिस्ट'बाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानूनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने मन्त्री गुरुङले बताए । योजनाबद्ध रूपमा काम गरेर 'ग्रे लिस्ट' बाहिर आउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ