arrow

सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यक

हामी हाम्रो मान्छे बाहिर गयो मात्र भन्छौँ किन गयो भनेर खोजी गर्दैनौँ - गगन थापा [भिडियो]

नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रम शक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
gagan-thapa-11-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा उनले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रम शक्ति रहेको बताए । 

उनले नेपालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको बताए । उनले विदेशमा बिनासिपको श्रम शक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको दाबी गरे । नेपालमा युवा जनशक्तिलाई सीप प्रदान गर्नुपर्ने वा सीप अनुसारको रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालमा हाइड्रो पावर निर्माण भइरहेको छ जसबाट रोजगारी सिर्जना भएको छ तर नेपालीले काम पाइरहेका छैनन् । नेपालीले काम पाएन भनी रहेका छौँ तर किन काम पाएन भन्ने कुरा यस्तो छ । चिनियाँको तुलनामा ४५ प्रतिशत, भारतको हिसाबमा ८१ प्रतिशत उत्पादनको अवस्था देखिन्छ । किन यस्तो भयो होला त ? श्रम बजारमा भएको हाम्रो जनशक्तिमध्ये अधिकांश तह एकको छ । तह एकको भनेको सबैभन्दा तल्लो किसिमको सीप भनेको हो । श्रम बजारमा मान्छे छ । कसैले उद्योग खोल्यो । उसलाई श्रमिक चाहिएको छ । सीप दिने अर्कैतिर छ । जुन सीप चाहिएको हो त्यो आइरहेको छैन । फेरि बाहिर (विदेश) को बजारले सीप (स्किल) नभएको मान्छे चाहिएको छ । हामी हाम्रो मान्छे बाहिर गयो मात्र भन्छौँ किन गयो भनेर खोजी गर्दैनौँ । उसँग उमेर छ, श्रम शक्ति छ तर सीप छैन । हाम्रोमा स्किल भएको कामको मात्र रोजगारीको सिर्जना भएको देखिन्छ कतिपय सन्दर्भमा । कृषि क्षेत्रमा भएको श्रम शक्ति ८५ प्रतिशत तह एकको छ ।’

महामन्त्री थापाले देशमा ठूलो जनसङ्ख्या रोजगारबाट विमुख भएको तथा रोजगार पाएकाले पनि कम पारिश्रमिक पाएका कारण विदेश जान बाध्य भएको बताए । सुनका गहना बनाउने लगायत कतिपय रोजगारमा नेपाली युवाको अरुचिका कारण अधिकांश कामदार विदेशबाट आउने गरेको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ