भव्य स्वागतसँगै उत्साही पूर्वराजा, चक्रपथ ठप्प [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
676
Shares
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँमा भव्य स्वागत भएको छ । पोखराबाट परिवारसहित समिट एयरको विमानमा अपरान्ह काठमाडौँ आइपुगेका पूर्वराजा विमानस्थल हुँदै गौशाला, चाबहिल, महाराजगञ्ज हुँदै निर्मल निवास जानेछन् ।
हजारौँको संख्यामा राजावादीहरु सडकमा रहेसँगै सवारीमा निकै नै ढिलाइ भएको छ । पूर्वराजा निकै उत्साही देखिएका छन् । उनलाई स्वागत गर्न राजावादीहरु, राप्रपा र राप्रपा नेपालका शीर्ष नेताहरु विमानस्थल पुगेका थिए ।
त्यहाँबाट निरन्तर नेता कार्यकर्ता एवं नागरिकको समूह बाजागाजासहित जुलुस गएको छ । चक्रपथ ठप्प पारिएको छ ।
सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।
यसलाई कतिपयले राजतन्त्र पुनःस्थापनाका लागि पहिलो कदम भएको पनि बताइरहेका छन् ।
उनी माघ २७ गते पोखरा गएका थिए । उनको स्वागतका क्रममा राजावादीहरुले शक्ति प्रदर्शन गरेका हुन् ।
यो जुलुसमा पूर्वराजा निकट भएका दलहरुसँगै पछिल्लो समयमा खडा भएका दलका कार्यकर्ताहरुसमेत सहभागी भएको दाबी गरिएको छ ।
योसँगै गणतन्त्रवादीहरुमा केही न केही त्रास फैलिएको छ ।
किनकि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेसको कार्यक्रम स्थगित गरी काठमाडौँ फर्के भने संसदका दुवै सदनमा चर्को विरोध भएको छ ।
साथै गणतन्त्रवादीहरुलाई एक जुट हुन आग्रह गरिएको छ ।