arrow

प्रतिनिधि सभामा महामन्त्री थापा

संसद्‌मा गगन थापाले के भने ? [भिडियो]

व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक, जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
gagan-thapa-11-27-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

उनले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहङ्कार कसैले पनि राख्न नहुने उल्लेख गरे । उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गरे । उनले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे । 

उनले भने, ‘जनता असन्तुष्ट छन् । असन्तुष्ट भएका जनतामा आक्रोश छ । आक्रोशलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने कुरा म पनि मान्दछु । केही पनि भएको छैन, यो केही होइन भन्ने अहङ्कार कसैले पनि राख्नुहुँदैन । जसले व्यवस्था परिवर्तनको लागि हामीलाई साथ दियो । जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु । तर वर्तमान सरकार आएसँगै उनीहरू रिसाएका हुन भन्ने कुरामा चाहिँ कतै पनि चित्त बुझाउने ठाउँ छैन ।’

उनले व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक रहेको समेत बताए ।  उनले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकजुट हुन दलहरुलाई आग्रह गरेका छन् । थापाले गणतन्त्र आएपछि सबैभन्दा धेरै सरकारमा माओवादी केन्द्र बसेको उल्लेख गर्दै अहिलेको सरकारले गर्दा मात्र अहिलेको अवस्था आएको भन्ने प्रचण्डको भनाईको खण्डन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ