arrow

ओलीलाई देउवाको समर्थन

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ - देउवा [भिडियो]

अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
deuba-12-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् । उनले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए । उनले आफूहरुबीच राजनीति फरक ठाउँमा रहे पनि मित्रवत् भावना रहेको बताए । 

सभापति देउवाले भने, ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ । उहाँ र म जेलमा सँगै बसेको हो । उहाँ त जेल भित्रको पनि जेलमा बस्नुभएको हो । हाम्रो राजनीति आफ्नो ठाउँमा छ । हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ । हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ, अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन । कांग्रेसको पूर्ण समर्थन छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ