arrow

राष्ट्रिय सभाको बैठक ३:४५ मा बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
upper-house-birodh.jpg

काठमाडौँ । पन्ध्र मिनेटका लागि स्थगन भएको राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ । संसद् सचिवालयले सूचना जारी गरी राष्ट्रिय सभाको बैठक आजै ३:४५ मा बस्ने जनाएको हो । 

दिउँसो १ः१५ मा सुरु भएको राष्ट्रिय सभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगन गरिएको थियो । १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम आजै अपराह्न ३ः४५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाद्वारा प्रकाशित सूचनामा जनाइएको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका पक्षपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ