arrow

थाइल्याण्डबाट फर्किइन् परराष्ट्र मन्त्री

ओलीले देउवालाई सोधे सरकार परिवर्तनको हल्ला बारेमा [भिडियो]

सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि आए - परराष्ट्र मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
oli-deuba-ddl.jpg

काठमाडौँ । पराराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि आएको बताएकी छन् । थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्र मन्त्री डा. राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकार परिवर्तनको हल्लाबारे कुराकानी भएको बताएकी छन् । 

पराराष्ट्रमन्त्री राणाले सरकार परिवर्तन हुन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्ता समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताइन् । सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उनको भनाइ थियो ।

उनले भनिन्, ‘ यो चाहिँ देशमा क्वाइर्ड भएपछि इन्टरटेनमेन्टको लागि पनि यस्तो न्युज आउने गर्छ। सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्ने होला, विदेशमा गएर सरकार परिवर्तन हुने होइन । हामी पनि आफै छक्क पर्‍यौँ, हिजो समाचार हेर्दा।'

सभापति देउवा थाइल्यान्डको बैंककमै रहेका बेला बिहीबार साँझ फोनमार्फत प्रधानमन्त्री ओलीले धारणा सोधेका थिए। 

पराराष्ट्रमन्त्री देउवाले थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको बताइन् । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ