काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उनले प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।