जोशी काठमाडौँ महानगरको निमित्त नगर प्रहरी प्रमुख, पाण्डे निलम्बनमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
811
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख फेरेको छ । महानगरले नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नयाँ निमित्त नगर प्रमुख बनाएको हो ।
यसअघि प्रमुख रहेका राजु पाण्डेसँग लिइएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका थिए ।
पाण्डेको निलम्बनसँगै जोशीलाई निमित्त दिइएको हो । जोशीलाई अर्को प्रमुख नआउन्जेलसम्मका लागि जिम्मेवारी दिइएको बताइएको छ ।