प्रतिनिधि सभा बैठक भने बस्न सकेन, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षी दलहरुको एक सूत्रीय माग
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
1k
Shares
काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठक हिजो पनि बसेको थियो । तर प्रतिनिधि सभा बैठक भने बस्न सकेको छैन । गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेपछि बैठक बस्न सकेको छैन ।
प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने एक सूत्रीय माग राखेका छन् ।
गृहमन्त्रीलाई स्पष्टीकरणको अवसरसमेत उनीहरुले दिएका छैनन् ।