पूर्वप्रधानमन्त्री नेपालको मुद्दा अदालतको विषय - गगन थापा
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
675
Shares
तस्बिर फाइल
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको क्षेत्राधिकारभित्र परेकाले यसबारे कुनै टिप्पणी नगर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए।
महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनुअगावै क्रियाशील सदस्यको विषय टुंगो लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले हरेक नेताले आफ्नो निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण र छिनोफानोको काम पूरा गर्नुपर्ने बताए।
थापाले कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै सरकारको सफलताका लागि सम्पूर्ण प्रयत्न गरिएको जानकारी दिए। उनले सरकारले अपेक्षित काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्नेमा पनि जोड दिए।