arrow

विपक्षीको अडान

राष्ट्रिय सभा बैठक जारी [लाइभ]

भिजिट भिसा प्रकरण छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग, प्रतिनिधि सभा बैठक बस्नै सकेन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार

काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठकमा बजेट सम्बन्धमा छलफल भइरहेको छ ।

यद्यपि भिजिट भिसा प्रकरणमा पनि व्यापक विरोध भइरहेको छ । माओवादी सांसद विष्णुबहादुर विकले आकस्मिक समयमा बोल्दै गृहमन्त्रीको राजीनामाको माग गरेका छन् । 

यता प्रतिनिधि सभा बैठक भने बस्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई नै विषय उठाएर गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले बैठक अवरुद्ध गर्दै आएका छन् । 

बिहीबार साँझ करिब १२ मिनेट बैठक बसे पनि विपक्षीको विरोधपछि सभामुखले बैठक स्थगित गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ