भिजिट भिसा प्रकरण छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग, प्रतिनिधि सभा बैठक बस्नै सकेन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
790
Shares
काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठकमा बजेट सम्बन्धमा छलफल भइरहेको छ ।
यद्यपि भिजिट भिसा प्रकरणमा पनि व्यापक विरोध भइरहेको छ । माओवादी सांसद विष्णुबहादुर विकले आकस्मिक समयमा बोल्दै गृहमन्त्रीको राजीनामाको माग गरेका छन् ।
यता प्रतिनिधि सभा बैठक भने बस्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई नै विषय उठाएर गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले बैठक अवरुद्ध गर्दै आएका छन् ।
बिहीबार साँझ करिब १२ मिनेट बैठक बसे पनि विपक्षीको विरोधपछि सभामुखले बैठक स्थगित गरेका थिए ।