arrow

इजरायल–इरान युद्धमा सयौँको मृत्यु, युद्ध रोक्न राष्ट्र संघको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
israel-iran-25-6-14.jpg
तस्बिर – एएफपी ।

तेहरान । इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमणपछि इरानले शनिबार इजरायलमा जवाफी आक्रमण गरेको छ । शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई  सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।

इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ उडिरहेको एएफपीले जनाएको छ ।  

इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ ।

इजरायली मिडिया रिपोर्टका अनुसार गुस दान क्षेत्रबाट  ३४ जना घाइतेहरुको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् । उनीहरुका अनुसार तीमध्ये एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

इरानको राजधानी तेहरानमा शनिबार मेहराबाद विमानस्थलबाट आगो र भारी धुवाँ निस्किएको एएफपीले जनाएको छ भने स्थानीय मिडियाले उक्त क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् ।  

यसअघि इरानले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय गरेको र राजधानी भरि विस्फोटको आवाज सुनिएको बताएको थियो ।

दर्जनौँ मानिसहरू आफ्नो देशको सैन्य प्रतिक्रियालाई उत्साहित गर्न तेहरानको सडकमा  राष्ट्रिय झण्डा फहराउदै इजरायल विरोधी नारा लगाएको जनाइएको छ ।  

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले शुक्रबार इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु हुनुका साथै ३२० जना घाइते भएको बताएका छन् ।  

आक्रमणपछि संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले दुई राष्ट्रलाई युद्ध विराम गर्न आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत युद्ध रोक्ने समय आएकाले कुटनैतिक समाधानको बाटोमा जानु पर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ